हतियार नदिएपछि अमेरिकासँग रिसाए नेतान्याहु
तेल अभिभ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले मंगलबार बाइडेन प्रशासनसँग रिसाएका छन् । आफूहरूलाई हतियार र गोला बारुद उपलब्ध नगरेको आरोप उनले लगाएका छन् । ‘जब अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केन इजरायल आएका थिए मैले उनीसँग कुरा गरेको थिए । अमेरिकाले युद्धको सुरु देखि इजरायललाई दिएको समर्थनको म कदर गर्छ भनेर भनेको थिएँ ।’ नेतान्याहुले भनेका थिए ।
‘तर मैले उन अरु कुरा पनि भनेको थिएँ । विगत केही महिनादेखि बाइडेन प्रशासनले इजरायललाई हतियार र गोला बारुद पठाउन ढिलाइ गरेको चाँहि आफ्नो बुझाई बाहिर रहेको भनेर मैले भनेको थिएँ ।’ नेतान्याहुले भनेका छन् । इजरायल अमेरिकाको सबैभन्दा नजिकको मित्र हो । यतिबेला उ आफ्नो जीवनको लागि दुबैको शत्रु देशहरू लडिरहेको उनले बताए ।
बाइडेन प्रशासनले यी अवरोधहरू हटाउन चौबीसै घण्टा काम गरिरहेको ब्लिन्केनले आश्वासन दिएका थिए । दोस्रो विश्वयुद्धका बेला चर्चिलले अमेरिकालाई ‘हामीलाई हतियार देऊ, हामी युद्ध समाप्त गर्नेछौँ ।’ भनेर भनेका थिए । आफूले पनि अमेरिकालाई यही भनिरहेको तर बाइडेन प्रशासनले गाजामा सर्वसाधारणको हत्याप्रति चिन्ता व्यक्त गर्दै मे महिनादेखि हतियारको आपूर्तिमा ढिलाइ गरेको उनको चित्त दुखाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा पारिवारिक विवादले लियो श्रीमान्–श्रीमतीकाे ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण