प्योङयाङ पुगे पुटिन, रातो कार्पेट बिछ्याएर किमद्वारा स्वागत
प्योङयाङ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन दुई दशकयता पहिलोपटक उत्तर कोरियाको भ्रमणमा पुगेका छन् । स्थानीय समयअनुसार बुधबार बिहान ३ बजे पुटिन प्योङयाङ पुगेका हुन् ।
विमानस्थलमा पुटिनको स्वागतका लागि रातो कार्पेट बिछ्याइएको थियो भने उत्तर कोरियाली नेता किम जोङ उन आफै उनलाई स्वागत गर्न पुगेका थिए ।

विमानस्थलबाट दुई नेता एउटै लिमोजिन कारमा कुमसुसान स्टेट गेस्ट हाउसतर्फ लागेका थिए । कोरियाको भ्रमणका क्रममा पुटिन त्यहीँ बस्नेछन् । पुटिनको स्वागतमा प्योङयाङका सडकहरू दुई नेताको तस्बिर, फूल र बेलुनहरूले सजाइएको छ ।
पुटिन २४ वर्षपछि उत्तर कोरिया पुगेका हुन् । गत वर्षको सेप्टेम्बरमा किम रेल चढेर रुस पुगेका थिए । विज्ञहरूले यो भ्रमण युक्रेनसँग युद्धका लागि उत्तर कोरियासँग हतियारको सहयोगमा केन्द्रित रहने बताएका छन् ।
पुटिन र किम आज विभिन्न बैठकहरूमा सहभागी हुनेछन् भने गाला कन्सर्ट र रिसेप्सनमा सहभागी हुनेछन् । दुई नेताले कम्तीमा ९ घण्टा सँगै बिताउनेछन् ।
रुसी प्रतिनिधि मण्डलमा विदेश मन्त्री सर्गेई लाभरो, प्रथम उपप्रधानमन्त्री डेनिस मान्टुरोभ, उपप्रधानमन्त्री अलेक्सान्डर नोभाक, रक्षा मन्त्री आन्द्रेई बेलुसोभ, स्वास्थ्य मन्त्री मिखाइल मुरास्कोलगायत छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण