पुटिनको उत्तर कोरिया भ्रमणबारे के भन्छ चीन ?
प्योङयाङ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन उत्तर कोरिया पुगेका छन् । उनलाई उत्तर कोरियाका राष्ट्रपति किम जोङ उनले स्वागत गरेका थिए ।
प्योङयाङमा पुटिनलाई स्वागत गर्न सडक छेउमा ठुलो सङ्ख्यामा मानिसहरू भेला भएका थिए । सबैको हातमा रुसी र उत्तर कोरियाको झन्डा थियो ।
राष्ट्रपति पुटिन र किम जोङ उन औपचारिक स्वागत समारोहका लागि प्योङयाङ सेन्ट्रल स्क्वायर पुगेका थिए । कोरियाली प्रतिनिधिमण्डलमा किमकी बहिनी किम यो जोङ पनि सहभागी थिइन् ।
रसियन टुडेका अनुसार, स्क्वायर स्थानीय बासिन्दाहरूले खचाखच भरिएको थियो । रुसी राष्ट्रपतिलाई स्वागत गर्न सर्वसाधारणहरूको त्यहाँ ठुलो भिड थियो । त्यहाँ सैन्य टुकडी पनि उपस्थित थिए । पुटिनको भ्रमणमा किमले व्यापक खर्च गरेको देखिन्छ ।
पुटिन र किमबिचको भेटवार्तालाई चीनले स्वागत गरेको छ । पुटिनले एक महिनाअघि मात्रै चीन भ्रमण गरेका थिए । सो भ्रमणमा पुटिनले आफू र चीनका सी जिनपिङ ‘दाजुभाइ जस्तै नजिक’ रहेको घोषणा गरेका थिए । आफ्नो परम्परागत सम्बन्ध भएका देशहरूसँगको सम्बन्धलाई सुदृढ र विस्तार गर्ने रुसको प्रयासको बेइजिङले स्वागत गर्ने पुटिनको प्योङयाङ भ्रमणबारे सोधिएको प्रश्नको जवाफ दिँदै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले बिहीबार भनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण