इन्जिनियरिङ लाइसेन्स परीक्षाको सूचनाप्रति नेविसंघको आपत्ति
काठमाडौँ । नेपाल विद्यार्थी संघले नेपाल इन्जिनियरिङ काउन्सिलले लाइसेन्स परीक्षाका लागि निकालेको सूचनाप्रति आपत्ति जनाएको छ । पोखरा विश्वविद्यालयले भर्खरै परीक्षाको नतिजा प्रकाशन गरेको अवस्थामा काउन्सिलले लाइसेन्स परीक्षाको सूचना जारी गरेको भन्दै नेविसंघले आपत्ति जनाएको हो ।
काउन्सिलले लाइसेन्स परीक्षाका लागि २०८१/०३/०७ गतेसम्म आवेदन दिन सकिने गरी सूचना जारी गरेको थियो । पोखरा विश्वविद्यालयले इन्जिनियरिङको नतिजा भर्खरै मात्रै सार्वजनिक गरेको र विद्यार्थीहरूलाई लाइसेन्सका लागि आवेदन दिन समय लाग्ने नेविसंघको ठहर छ ।
नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले जारी गरेको विज्ञप्तिमा आवेदन दिन समय अपर्याप्त हुँदा विद्यार्थीहरू नयाँ इन्जिनियर लाइसेन्स परीक्षा दिनबाट वञ्चित हुने उल्लेख छ ।
सबै विश्वविद्यालयले अन्तिम परीक्षाको परीक्षाफल प्रकाशित गरिसकेको यकिन नगरी लाइसेन्स आवेदन खोल्ने परिषद् र परीक्षाफल प्रकाशन गर्ने समयको जानकारी परिषद्लाई नदिई उचित समन्वय नगर्ने विश्वविद्यालय, दुवै आफ्नो दायित्व र जिम्मेवारीबाट पन्छिएको नेविसंघको ठहर छ ।
दुवै निकायको गैरजिम्मेवार कार्यको चपेटामा भर्खरै स्नातकको पढाई सकेका विद्यार्थीको भविष्य अल्मलिएको नेविसंघको दाबी छ ।
आवेदन दिने म्याद थप गरी अन्योलमा रहेका विद्यार्थीलाई आफ्नो हकहित बमोजिम परीक्षामा सामेल गराउने वातावरण सिर्जना गर्न नेविसंघले माग गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण