दोहोरो अंकले घट्यो नेप्से, ३ अर्ब ८७ करोडको कारोबार
काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से सूचक १०.४४ अंकले घट्दै २ हजार ६८.३१ विन्दुमा झरेको छ । लामो समयपछि बुधबार झिनो अंकले बढेको नेप्से सूचक बिहीबार ०.५० प्रतिशतले गिरावट आएको हो ।
तर बुधबारको तुलनामा बिहीबार कारोबार भने बढी भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार ३ अर्ब ८७ करोड ७ लाख रुपैयाँ बराबरको ८६ लाख ६३ हजार कित्ता सेयर दोस्रो बजारमा किनबेच भएको छ ।
२.२७ अंकले नेप्से सूचक बढको बुधबार ३ अर्ब ४० करोड ४३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
बिहीबार फाइनान्स र म्युचुअल फन्ड बाहेक ११ वटा उपसूचक ऋणात्मक भएका छन् । फाइनान्स समूहको उपसूचक १.८२ प्रतिशतले बढेको छ भने बिहीबार म्युचुअल फन्डको उपसूचक ०.१३ प्रतिशतले बढेको छ ।
५२ वटा कम्पनीको सेयर मूल्य बिहीबार बढेको छ भने १८६ कम्पनीको सेयर मूल्य घटेको छ । ८ वटा कम्पनीको मूल्य भने स्थिर रहेको नेप्सेले जनाएको छ ।
बिहीबार सबैभन्दा बढी कमाउनेमा कालिका लघुवित्त वित्तीय संस्थाका सेयर धनीहरूले ७.७१ प्रतिशतले कमाएका छन् भने कुथेली बुकारी स्मल हाइड्रोपावर कम्पनीका सेयर धनीले ९.२८ प्रतिशतले गुमाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
-
सार्वजनिक बिदाका दिनमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
हिमाचल प्रदेशमा पहिरोले कार पुरिँदा ६ महिनाका बालकसहित १३ जनाको मृत्यु, २ घाइते
-
महाराजगन्ज दुर्घटना अपडेट: ठक्कर दिने माइक्रो चालकको मृत्यु, ६ जना घाइते (विवरणसहित)
-
अनलाइन ठगीमा संलग्न ३ भारतीयसहित ४ जना पक्राउ
-
इरानलाई हतियार बिक्री नगर्न रुस र चीनलाई अमेरिकी राष्ट्रपतिको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण