बजेटप्रति प्रधानमन्त्री नै सन्तुष्ट हुनुहुन्न : कांग्रेस
काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नै आगामी आर्थिक वर्षको बजेटप्रति पूर्ण सन्तुष्ट नरहेको बताएका छन् । बिहीबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।
प्रमुख सचेतक लेखकले प्रधानमन्त्रीले मन्त्रालयगत बजेट असन्तुलित रहेको र परिमार्जन गर्ने भनिसक्नुभएको भन्दै मन्त्रालयगत बजेट परिमार्जन गर्नुको विकल्प नरहेको बताए । उनले मन्त्रालयगत बजेटमा प्रधानमन्त्रीले हस्तक्षेप गर्नुपर्ने बताए । उनले प्रधानमन्त्रीले बजेटमा असन्तुष्टि जनाउनुले बजेटमा गम्भीर प्रकृतिको कमजोर भएको प्रमाणित हुने बताए ।
उनले भने, ‘प्रधानमन्त्रीजीले बजेटका बारेमा जुन असन्तुलित ढंगले बजेट वितरण गरिएको छ । यो बजेटको वितरण त्यति उचित छैन । यसलाई परिमार्जन गर्नुपर्छ भनेर बजेटमा विनियोजनमा समस्या रहेकोतर्फ राम्रैसँग संकेत गर्नुभयो । हामी आशा गरौँ । सरकारले बजेट परिमार्जन गर्नेछ ।’
प्रमुख सचेतक लेखकले बजेटमा गैरजिम्मेवारीपूर्ण विनियोजन देखा परेको भन्दै परिमार्जन गर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण