युरोमा इन्जुरी समयमा अर्को गोल, बराबरीमा रोकियो स्लोभेनिया
काठमाडौँ । युरोपियन च्याम्पियनसिपमा पहिलो जिततर्फ अग्रसर बनिरहेको स्लोभेनिया इन्जुरी समयमा गोल खाँदै बराबरी खेल्न बाध्य बनेको छ । बिहीबार राति भएको युरो २०२४ को समूह सी अन्तर्गतको खेलमा टोली सर्बियासँग १–१ को बराबरीमा रोकिएको हो ।
स्लोभेनिया युरोपियन च्याम्पियनसिपमा खेलेका ५ खेल जितविहीन रहेको छ । यसमा ४ खेलमा बराबरी र एकमा हार बेहोरेको छ ।
आजको खेलसहित स्लोभेनियाले प्रतियोगितामा मात्र दोस्रो पटक अग्रता लिएको हो । यसअघि सन् २००० को युरोमा टोलीले युगोस्लाभियाविरुद्ध ३–० को अग्रता बनाएको थियो । तर, त्यस खेलमा पनि टोली ३–३ को बराबरीमा रोकियो ।
बिहीबार टोलीले ६९ औँ मिनेटमा जान कार्निकनिकको गोलमा अग्रता लिएको थियो । जिततर्फ अघि बढिरहँदा सर्बियाका लुका जोभिकले ९५ औँ मिनेटमा गोल गर्दै टोलीमा सपना चकनाचुर बनाए । यस युरोमा इन्जुरी समयमा ६ वटा गोल भइसकेका छन् ।
बराबरीपछि दुई खेलबाट २ अङ्क बटुल्दै स्लोभेनिया समूहको दोस्रो स्थानमा रहेको छ । सर्बियाको एक अङ्क रहेको छ । टोली समूहको पुछारमा छ ।
यस समूहको शीर्ष स्थानमा ३ अङ्क बटुलेको इंग्ल्यान्ड रहेको छ । डेनमार्क १ अङ्कसहित तेस्रो स्थानमा विराजमान छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण