पुटिन भियतनाम भ्रमणमा, अमेरिकाले गर्यो आलोचना
बिहीबार, ०६ असार २०८१, २१ : ५१
हनोई । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन भियतनामको राजकीय भ्रमणमा छन् । हनोईमा दुवै देशका नेताहरूले सहयोग अभिवृद्धिमा जोड दिएका छन् ।
यस भ्रमणको उद्देश्य यस क्षेत्रमा रुसको कूटनीतिक प्रभाव बढाउनु रहेको छ। भियतनामी राष्ट्रपति टो लामले दुवै देशले सुरक्षाको क्षेत्रमा सहयोग बढाउन चाहेको बताए । त्यस्तै रुसी राष्ट्रपति पुटिनले महत्त्वपूर्ण अन्तर्राष्ट्रिय मुद्दामा दुवै नेताको दृष्टिकोण समान वा धेरै नजिक रहेको उल्लेख गरे ।
उत्तर कोरियाबाट भियतनाम पुगेका पुटिनलाई रातो कार्पेटमा स्वागत गरिएको थियो । भियतनाम यस समयमा पुटिनका लागि उत्तर कोरियाभन्दा बढी महत्त्वपूर्ण छ l किनभने भियतनाम हालैका वर्षहरूमा अमेरिकासँग नजिक भएको छ। अमेरिकाले भने पुटिनको हनोई भ्रमणको आलोचना गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण