शिक्षाको विकासका लागि एकीकृत कार्यक्रम आवश्यक : मुख्यमन्त्री कँडेल
काँक्रेविहार । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले शिक्षा क्षेत्रको विकासका लागि कर्णाली प्रदेशमा एकीकृत परियोजना आवश्यक रहेको बताएका छन्।
सामाजिक विकास मन्त्रालय र स्थानीय सरकारसँगको सहकार्यमा ‘युनिसेफ र समाज जागरण केन्द्र (स्याक नेपाल)’ले सञ्चालन गर्न लागेको कर्णाली प्रदेशमा शिक्षाको गुणस्तर अभिवृद्धि परियोजनाको प्रदेशस्तरीय सुरुआती बैठकलाई आज वीरेन्द्रनगरमा सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले प्रदेशका अधिकांश नागरिकको आर्थिक अवस्था कमजोर रहेकाले शिक्षामा पनि पछि परेको उल्लेख गरे ।
उनले अभिभावकहरु कामकाजका सिलसिलामा विभिन्न स्थानमा जाँदा बालबालिका पनि सँगै जाने गरेकाले उनीहरुको पढाइ प्रभावित भएको बताए । मुख्यमन्त्री कँडेलले कर्णालीमा शिक्षाको अवस्था विगतभन्दा सुधार हुँदै गए पनि धेरै काम गर्न बाँकी रहेको धारणा राखे । शैक्षिक गुणस्तर सुधारका लागि कर्णालीमा सञ्चालन गर्न लागिएको परियोजनालाई प्रदेश सरकारले सहयोग गर्ने उनको प्रतिबद्धता थियो ।
सामाजिक विकास मन्त्री वीरबहादुर शाहीले शिक्षा परियोजनाबाट कर्णालीको शैक्षिक गुणस्तर सुधार हुने अपेक्षा गरे । उनले कर्णालीको शैक्षिक गुणस्तरका लागि महत्वपूर्ण परियोजना रहेकाले प्रदेशका सबै स्थानीय तहसम्म सञ्चालन गर्न आग्रह गरे ।
प्रदेशसभा सदस्य सुरेश अधिकारीले समुन्नत प्रदेश बनाउनका लागि शिक्षामा लगानी अपरिहार्य रहेकोमा जोड दिए। उनले शिक्षा परियोजनाबाट प्रदेशको शैक्षिक सूचकमा सुधार हुने अपेक्षा व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण