५८ कार्टुन भेपसहित ५ जना पक्राउ
हेटौँडा । हेटौँडाको थाना भर्याङबाट ५८ कार्टुन करिब २ करोड ७० लाख रुपैयाँ बढीको अवैध भेपसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर–११ थानाभर्याङस्थित सडक खण्डबाट यात्रुबाहक बसमा लुकाई ल्याएको अवस्थामा २ करोड ७१ लाख २१ हजार रुपैयाँको ५८ काटुन अवैध भेप र भेपका फ्लेवरहरु बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
विशेष सूचनाको आधारमा बिहीबार अपराह्न ४ बजेको समयमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडा र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले टोली अवैध भेप बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सीताराम रिजालको कमान्डमा खटिएको प्रहरी थाना भर्याङमा काठमाडौँबाट हेटौँडा हुँदै भारतको दिल्लीतर्फ जाँदै गरेको यात्रुबाहक बसबाट अवैध भेप बरामद गरिएको हो ।
प्रहरी उपरीक्षक रिजालका अनुसार ना ६ ख ७१६३ नम्बरको यात्रुवाहक बसलाई रोकी खानतलासी गर्दा सो बसको प्यासेन्जर बस्ने सिट माथि सिलिङको भागमा फल्स बटम बनाई भन्सार छली गरी ल्याइएको भेप फेला परेको हो ।
प्रहरीले बससहित चालक दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर–२ बस्ने वर्ष ३७ को सलाम मोक्तान, सहचालक उदयपुर कटारी नगरपालिका वडा नम्बर– ११ बस्ने वर्ष २७ को प्रविन्द्र राना, नुवाकोट दुप्चेश्वर गाउँपालिका–७ बस्ने वर्ष ३० को इन्द्रबहादुर दर्जी, सोही स्थान बस्ने वर्ष ३० को सन्तोष भुसाल र धनकुटा बेलारा नगरपालिका–१६ बस्ने बर्ष २० को राजकुमार हिमाङलाई पक्राउ गरिएको हो ।
पक्राउ परेकाहरूले यसअघि पनि विभिन्न समयमा उक्त रुट र बसको प्रयोग गरी भन्सार छली गरेर अवैध सामानहरू चीनबाट भारत पुर्याउने गरेको प्रहरी उपरीक्षक रिजालले बताए । उनका अनुसार भारतीय महावाणिज्य दूतावासबाट रुट पर्मिट बनाई विभिन्न ट्राभल एजेन्सीको भिजिटिङ कार्डको प्रयोग गरी नेपाल भारत यात्रुहरू ओसार प्रसार गर्ने र बसमा फल्स बटम बनाई भेप लाने तथा भारतबाट महँगा मदिराहरू ल्याएर विभिन्न सहरहरूमा बेच्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
एक महिनाको लागि नेपाल, भारत र अन्य देशका यात्रुहरुलाई भारत घुमाउने भनि नेपालस्थित भारतीय दूतावासबाट असार ५ मा रोड पर्मिट लिएको अनुसन्धानको क्रममा खुल्न आएको प्रहरी उपरीक्षक रिजालले बताए । पक्राउ परेका व्यक्ति र अवैध भेप थप अनुसन्धान तथा कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारा पठाउने तयारी गरिएको प्रहरी उपरीक्षक रिजालको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सदस्य स्वार्थ बाझिने बैठकमा सहभागी हुन नपाउने
-
एमालेको २ दिने कार्यशाला : ओलीले उद्घाटन गरे, शंकरले गर्दैछन् समापन
-
विराटनगरको फोहर व्यवस्थापन ठेक्कामा किचलो
-
राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएन : अध्यक्ष विश्वकर्मा
-
३ देश, ४८ टोली र नयाँ नियमसहित इतिहासकै सबैभन्दा ठुलो फुटबल महोत्सव
-
ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण