जोक काटिएपछि हिमेश लेख्छन्– ‘सिरोहियाको मुटु र नागरिकता दुईवटै कमजोर’
शुक्रबार, ०७ असार २०८१, १४ : २५
काठमाडौँ । कमेडियन हिमेश पन्तले कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाको मुटु र नागरिकता दुई वटै कमजोर रहेका बताएका छन् । कमेडी च्याम्पियनमा आफूले गरेको कैलाश सिरोहिया र सम्भव सिरोहिया बाउ छोराको जोक काटिएको भन्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्– ‘कान्तिपुर अन एयर भएर होला कमेडी च्याम्पियनको सेटमा सिरोहियाको बाउ–छोराको सार्वजनिक जीवनमाथि गरेको जोक नै काटिएछ । बिचमा एउटा लाइन थियो, नभन्दै त्यसले सार्थकता पायो ।’
हिमेशले बिहीबार प्रसारण हुने एपिसोडका लागि गेस्ट प्रस्तोताको रूपमा प्रस्तुति दिएका थिए । सो क्रममा उनले सिरोहिया बाउ छोरा माथि कार्यक्रम छायाङ्कनका क्रममा दिएको प्रस्तुति टेलिभिजनबाट प्रसारणको क्रममा काटिएर आएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण