पर्सा राष्ट्रिय निकुञ्जमा सिकारी र सेनाबिच दोहोरो झडप, एक सिकारीको मृत्यु
शुक्रबार, ०७ असार २०८१, १७ : १०
बारा ।पर्सा राष्ट्रिय निकुञ्जको कोर क्षेत्रभित्र वन्यजन्तु सिकारी र निकुञ्ज सुरक्षाकर्मीबिच भएको दोहोरो झडपमा एक जना सिकारीको ज्यान गएको छ । आज बिहान करिब ८ : १५ मा निकुञ्ज कर्मचारी, नेपाली सेनासहितको टोली गस्तीको क्रममा वन्यजन्तु सिकारीसँग जम्काभेट हुँदा दोहोरो झडप भएको थियो ।
सो झडपमा वन्यजन्तु सिकारी हेटौँडा उपमहानगर वडा नं १४ का ५२ वर्षीय सुकबहादुर तिक्तुङ्गको ज्यान गएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ । दोहोरो झडपको क्रममा हतियारसहित ५ जनाको समूहमा आएका सिकारीहरूमध्ये अन्य ४ जना भाग्न सफल भएको इप्रका सिमराका प्रमुख चिरञ्जीवी दाहालले जनाएका छन् ।
सिकारीहरू भाग्ने क्रममा उनीहरूको साथबाट २ थान भरुवा बन्दुक, त्यसमा प्रयोग हुने ५७ राउन्ड गोली, ३ सय ग्राम बारुद, २ वटा मोबाइल, हँसिया, खुकुरी, लाइटर लगायतका सामग्री बरामद गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कलाकार लुकाएर छायांकन सकेको ‘बाः एक योद्धा’ले सार्वजनिक गर्यो कलाकार
-
सहकारीको प्रयासले फस्टाउँदै दुग्ध व्यवसाय
-
बाँकेका घरवासमा अतिथिलाई सिद्राको अचार
-
क्रिमियामा युक्रेनले ४ जनाको हत्या गरेको रुसी अधिकारीहरूको आरोप
-
जीवनरक्षक औषधिको अभाव चुलिएपछि मन्त्रालयले विभागसँग माग्यो आयातकर्ताको सूची
-
धेरै महँगो हुने भएकाले नेपालले धेरै फरेन्सिक ल्याब बनाउन सक्दैन : महावीर पुन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण