जेलमै बस्ने भए अरविन्द केजरीवाल, जमानत र रिहाइमा रोक
नयाँ दिल्ली । दिल्ली उच्च अदालतले त्यहाँका मुख्यमन्त्री अरविन्द केजरीवालको जमानत र रिहाइमा रोक लगाएको छ । शुक्रवार साँझ प्रवर्तन निर्देशनालय (ईडी)को अनुरोधमा फैसला सुरक्षित गर्दै अदालतले केजरीवाल अहिले जेलमै रहने बताएको हो । ट्रायल कोर्टले दिएको जमानत उच्च अदालतले २४ घण्टा नपुग्दै खारेज गरिदिएको छ ।
अब उच्च अदालतमा एक पटक फेरि बहस हुनेछ । यसमाथि २/३ दिनमा फैसला आउन सक्ने बताइएको छ । केजरीवाललाई रक्सी घोटालामा सम्पत्ति शुद्धीकरण गरेको आरोप लागेको थियो ।
बिहीबार ट्रायल कोर्टमा न्यायाधीशले दुवै पक्षको दलिल सुनेपछि केजरीवाललाई जमानत दिएका थिए । १ लाख भारु धरौटी तिरेर रिहा हुनसक्ने बताएका थिए । तर शुक्रवार नै उच्च अदालतले ट्रायल कोर्टको जमानतको फैसलामा स्टे अर्डर लगाइदियो ।
यो फैसलाको असरले केजरीवाल जेलबाट बाहिर आउने पाउने छैनन् । अदालतले यो मामिलामा विस्तृत सुनवाइ गर्नेछ । यसमा उनले जमानत पाउने या नपाउने निर्णय हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण