बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
खेलकुद

सन्दीप लामिछाने, रोहित पौडेल र दीपेन्द्र ऐरीले क्यानडामा फ्रेन्चाइज क्रिकेट खेल्ने

शनिबार, ०८ असार २०८१, १२ : ३४
शनिबार, ०८ असार २०८१

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीन प्रभावशाली खेलाडीले क्यानडाको चर्चित फ्रेन्चाइज प्रतियोगिता ‘ग्लोबल टी–२० लिग’ खेल्ने भएका छन् । 

नेपाली टोलीका कप्तान रोहितकुमार पौडेल, अलराउन्डर दीपेन्द्रसिंह ऐरी र प्रभावशाली लेग–स्पिनर सन्दीप लामिछानेले ‘ग्लोबल टी–२० लिग’ खेल्न लागेका हुन् । 

क्यानडाको ‘ग्लोबल टी–२० लिग’ मा सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी एउटै टोलीमा छन् । उनीहरूलाई भ्यानकुभर नाइट्सले आबद्ध गरेको समाचारमा जनाइएको छ ।

कप्तान रोहित पौडेल भने टोरन्टो नेशल्समा आबद्ध भएका छन् । सन्दीप र दीपेन्द्रले यसअघि पनि क्यानेडाको ‘ग्लोबल टी–२० लिग’ खेलिसकेका छन् । 

सन् २०२३ को संस्करणमा दीपेन्द्र मोन्ट्रियल टाइडर्समा आबद्ध थिए । त्यो सिजनको उपाधि पनि दीपेन्द्रकै क्लबले जितेको थियो । 

कप्तान रोहितले भने पहिलो पटक विदेशी फ्रेन्चाइज लिग क्रिकेट खेल्न लागेका हुन् । यो सिजनको ‘ग्लोबल टी–२० लिग’ जुलाई २५ तारिखदेखि सुरु हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप