शान्ति प्रक्रियाका काम चाँडै टुङ्गोमा पुर्याउनुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ
काठमाडौँ । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले शान्ति प्रक्रिया नटुङ्गिएका कारण अहिलेको परिवर्तन ‘सहिद’ नै रहेको बताएका छन् ।
शनिबार काठमाडौँमा आयोजित स्मृतिमा पद्यमरत्न तुलाधर पुस्तक विमोचन कार्यक्रममा उनले, शान्ति प्रक्रिया नटुङ्गिएको कारण अहिलेको परिवर्तन सहिद नै रहेको भन्दै सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित काम छिटो भन्दा छिटो पूरा गर्ने प्रतिविद्धताका साथ अगाडि बढिराखेको बताए ।
उनले भने, ‘नेपाल अहिले शान्ति प्रक्रियाको कारणले गर्दा हालको परिवर्तन सहिद छ । शान्ति प्रक्रियाको काम अझै गर्न बाँकी छ । सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित काम छिटो भन्दा छिटो पूरा गर्ने प्रतिविद्धताका साथ अगाडि बढ्नुपर्नेछ ।’
उनले स्वर्गीय पद्यमरत्न तुलाधर एक वहुआयामिक व्यक्तित्व रहेको स्मरण गरे । तुलाधारले उत्पीडित भाषा र सांस्कृतिक पक्षमा भएको आन्दोलनको नेतृत्व गर्नका साथै त्यो आन्दोलनमार्फत नेपालको यथास्थितिवाद र राजनीतिक निरङ्कुशताका विरुद्ध पनि सङ्घर्ष झेलेको बताए ।
उनले भने, ‘पद्यमरत्न तुलाधर दाईसँग अत्यन्तै भावनात्मक सम्बन्ध रहेको थियो । उहाँ भाषा, सांस्कृतिक आन्दोलनको नायक हुनुहुन्थ्यो । उहाँले उत्पीडित भाषा र सांस्कृतिक पक्षमा आन्दोलनको नेतृत्व त गर्नु नै भयो । तर त्यो आन्दोलन खाली भाषा र संस्कृतिको आन्दोलन मात्र थिएन । उहाँले त्यो आन्दोलनमार्फत नेपालको यथास्थितिवादविरुद्ध राजनीतिक निरङ्कुशताका विरुद्ध पनि सङ्घर्ष झेल्नु भएको थियो ।’
उनले तुलाधारको योगदानलाई सदैव सम्मान गर्दै उनले देखेका सपनाहरू पूरा गर्न सबै जना लागि पर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण