६ महिना भन्दा बढी नेपालमा बसेर अध्ययन गर्न चाहने विदेशीलाई विद्यार्थी भिसा दिनुपर्छ : सचिव काफ्ले
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा. दीपक काफ्लेले ६ महिना भन्दा बढी समय नेपालमा आइ अनुसन्धान गर्न चाहने विदेशीलाई विद्यार्थी भिसा दिनुपर्ने बताएका छन् । आज ललितपुरमा भएको ‘अबको शैक्षिक बाटो, सुहाउँदो समाज र माटो’ विषयक रोतोपाटी प्ल्स टु कन्क्लेभका क्रममा बोल्दै उनले कुनैपनि देशबाट नेपालमा आइ ६ महिना भन्दा बढी अध्ययन, अनुसन्धान गर्न चाहनेहरूका लागि विद्यार्थी भिसा उपलब्ध गराउनुपर्ने बारेमा सरकार स्तरमा छलफल चलिरहेको बताए ।
उनले ६ महिना बढी अध्ययन, अनुसन्धान गर्न चाहनेहरूका लागि विद्यार्थी भिसा दिन सके नेपाल अध्ययन गर्ने गन्तव्य स्थलका रूपमा विकास हुने बताए । सरकारले आगामी आर्थिक वर्षभित्र देशमा १५ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको उल्लेख गर्दै १५ लाखमध्ये ५ लाख विद्यार्थीहरू नेपाल भित्र्याउन सक्नुपर्ने बताए । उनले धेरै भन्दा धेरै विद्यार्थी भित्र्याउनका लागि सरकार, निजी क्षेत्र, समुदाय र विश्वविद्यालय सबै मिल्न आवश्यक रहेको बताए ।
संसारमै नभएका कुराहरू रहेको भन्दै उनले नेपालमा रहेको भन्दै नेपाल अध्ययनका लागि महत्त्वपूर्ण गन्तव्यस्थल बन्न सक्ने उनले जिकिर गरे । सचिव काफ्लेले विश्वविद्यालयको शिक्षालाई सक्षमताको कसी र ग्लोबल इस्युमा हेर्न आवश्यक रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राउनले थपे पाचौँ गोल
-
इप्पानको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दोस्रो हाफको सरुवातमै जमाल मुसियालाको गोल, जर्मनी ४–१ ले अघि
-
फिफा विश्वकप २०२६ः जमर्नीलाई ५–१ को अग्रता
-
हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन: प्रधानमन्त्री बालेन्द्र शाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण