वीरगन्ज महानगरपालिकाको ६३ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत
वीरगन्ज । वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष ०८१/०८२ का लागि नीति तथा कार्यक्रम ल्याएको छ । शनिवार सो महानगरपालिकाले नीति तथा कार्यक्रम ल्याएको हो ।
‘सुन्दर, समुन्नत, समृद्ध र वैभवशाली सहर, वीरगन्ज महानगर’ भन्ने नाराका साथ महानगरका मेयर राजेशमान सिंहले १५ औँ नगरसभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
मेयर सिंहले आगामी आर्थिक वर्षमा पर्यटन, सरसफाइ, वन र वातावरणलाई बढी लक्षित गरी नीति तथा कार्यक्रम ल्याएका छन् । नीति तथा कार्यक्रममा वीरगन्जको खानेपानी समस्या समाधान गर्न सार्वजनिक स्थानमा डिप बोरिङ गर्ने कार्यलाई निरन्तरता दिँदै नेपाल खानेपानी संस्थानसँगको सहकार्यमा पाइप लाइन विस्तार गर्ने कार्यलाई तीव्रता दिने भनिएको छ ।
साथै नगरका मुख्य स्थानहरू, सामुदायिक विद्यालय, नारायणी अस्पताल लगायतका ठाउँहरूमा ‘वाटर एटिएम’ प्रणाली स्थापना गरिने उल्लेख गरेको छ । यसैगरी नेपाल खानेपानी संस्थानसँगको सहकार्यमा आर्थिक विपन्न परिवारको पहिचान गरी ४ हजार घरधुरीमा धारा जडान गर्ने नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।
योसँगै पूर्वाधार निर्माण तथा आर्थिक विकास, शिक्षा तथा स्वास्थ्य, कृषि तथा पशुपंक्षी, खेलकुदसहितका क्षेत्रलाई लक्षित गरी नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । यसैबिच नगरसभाका सदस्यहरूले मेयर सिंहले नीति तथा कार्यक्रम प्रस्तुत गर्न लाग्दा नगरसभा सदस्यहरूले नाराबाजी गर्दै विरोध जनाएका छन् ।
त्यसपछि मेयर सिंहले बन्द सत्रमा नगरसभा सदस्यहरूले उठाएको माग पूरा गर्ने आश्वासन दिएपछि विरोधका कार्यक्रम रोकिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण