कविता : मलाई मानिस बन्न मन छ
नारी हुँ म
हेर्छु संसारलाई
एक छोरी र आमा बनेर ।
म संसार हेर्छु
देख्छु सेतो हिमाल कालो बनेको
आशासँग निरसिला मेरा आँसुका थोपा
एक दिन
मेरो समय पनि कालो बन्छ होला पत्थर जस्तै !
म एउटी युवती
एक महिला
एक आमा
तिमीले जस्तो खोज्छौ म त्यस्तै नबन्न सक्छु
उपहासले हिमाल कालो बनेजस्तै
म तिम्रो हेराइमा कालो बनेकी छु होला
किनकि तिमी भन्छौ— तिमी केटी त हौ !
म एक युवती
झुटको खेल खेल्न सक्दिनँ
मलाई बलियो हुन दिन्न समाजले
म निडर पनि नहुनु भन्छ
मलाई चुप लाग्नुपर्छ
म सहमत हुनुपर्छ तिम्रा कुरामा ।
म एक युवती हुँ यहाँ
मलाई समाजले म भएको मन पराउन्न
मलाई विचार नराख भन्छ
म समयलाई नियन्त्रणमा पनि लिन सक्दिनँ ।
म एउटी युवती
मलाई तिमी भन्छौ— यस्तो व्यवहार गर्नु हुँदैन
म एक युवती
म दिनमा सपना देख्छु
राति निद्रामा हैन
म बाहिर जान खोज्छु
ढोका बन्दै हुन्छन्
भाग्न चाहन्छु नभनी कसैलाई
होइन— तिमी महिला हौ भन्छौ ।
अब म एक वीराङ्गना
एक मानिस जो हुनेछ
म अब म बन्ने सपना देख्नेछु
जेसुकै होस्
तिमी जे भन
म एक युवती हुँ
डराउन्नँ तिमीसित
मलाई मानिस बन्न मन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण