इजरायलमा नेतन्याहुविरुद्ध ठुलो प्रदर्शन
तेल अभिभ । पछिल्लो समय इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुविरुद्ध विरोध प्रदर्शन व्यापक हुँदै गएको छ । इजरायल र हमासबिच महिनौँदेखि युद्ध चलिरहेको छ । न त इजरायलले हमासमाथि जित हात पार्न सकेको छ न त हमासको कब्जामा रहेका बन्धकहरूलाई नै रिहा गर्न सकेको छ ।
हमासको कब्जामा रहेका आफ्ना आफन्तका मुख हेर्न पाइने भन्ने इजरायलीहरूको आशा हराउँदै गएको छ भने जनतामा सरकारप्रतिको आक्रोश बढ्दै गइरहेको छ । यस्तोमा इजरायलमा सरकार विरोधी प्रदर्शनहरू बढेका छन् ।
शनिबार राति इजरायलको कयौँ हिस्सामा सर्वसाधारणहरूले सरकार विरोधी व्यापक प्रदर्शन गरेका थिए । प्रदर्शनकारीहरूले देशमा नयाँ चुनाव गर्न र गाजामा बन्धक रहेकाहरूलाई फिर्ता ल्याउन माग गरेका छन् ।
इजरायली सञ्चारमाध्यमका अनुसार यी विरोध प्रदर्शनमा प्रसिद्ध इजरायली लेखक डेभिड ग्रासम्यान र इजरायली गुप्तचर एजेन्सी शिन बेतका पूर्वप्रमुख युवल डिस्किनजस्ता चर्चित व्यक्तिहरू पनि सामेल भएका थिए ।
ग्रासम्यानले नेतन्याहुलाई देशको इतिहासको सबैभन्दा खराब र अहिलेसम्मकै असफल प्रधानमन्त्री भनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण