कोपामा अमेरिकाले बोलिभियालाई हरायो
सोमबार, १० असार २०८१, ०९ : ०५
काठमाडौँ । कोपा अमेरिका फुटबलमा घरेलु टोली अमेरिकाले विजयी सुरुआत गरेको छ । समूह सीको पहिलो खेलमा आज अमेरिकाले बोलिभियालाई २–० गोल अन्तरले पराजित गरेको हो । टेक्सासमा भएको खेलमा अमेरिकालाई जिताउन क्रिष्टियन पुलिसिच र फ्लोरिन बालोगुनले एक-एक गोल गरे ।
खेल सुरु भएको तेस्रो मिनेटमै टिमोथी वेहको पासमा पुलिसिचले गोल गर्दै अमेरिकालाई अग्रता दिलाएका थिए । ४४ औँ मिनेटमा पुलिसिचको पासमा फ्लोरिनले थप १ गोल गरेपछि अमेरिका पहिलो हाफमै २–० को सहज अवस्थामा पुगेको थियो । सोही अग्रता अन्तिम समयसम्म जोगाउँदै अमेरिकाले समूह सीको पहिलो खेलमा जित निकाल्न सफल भयो ।
जितसँगै अमेरिका ३ अङ्कका साथ शीर्ष स्थानमा रहेको छ । यो समूहमा उरुग्वे र पानामा पनि रहेका छन् । उरुग्वे र पानामाको खेल पनि आज हुँदै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण