बिहे गर्नासाथ सोनाक्षीलाई बिहारमा ‘नो इन्ट्री’, कसले दियो यस्तो धम्की ?
काठमाडौँ । बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले बिहे लगत्तै धम्की झेल्नु परेको छ । उनलाई पैतृक राज्य बिहारमा ‘प्रवेश निषेध’को धम्की दिइएको हो ।
सोनाक्षीले अभिनेता जहीर इकबालसँग विवाह गरेकी हुन् । हिन्दु भएर मुस्लिमसँग बिहे गरेको भन्दै बिहारको हिन्दु शिव भवानी सेनाले सोनाक्षीलाई धम्की दिएको हो ।
बिहारको राजधानी पटनाको मुख्य चोकमा ठुलो पोस्टर लगाउँदै हिन्दु शिव भवानी सेनाले सोनाक्षी र उनको परिवारका लागि चेतावनी दिएको हो ।

पोस्टरमा सोनाक्षीका पिता शत्रुघ्न सिन्हा र पति जहीर इकबालको समेत फोटो छ । पोस्टरमा लेखिएको छ, ‘सोनाक्षी सिन्हा र जहीर इकबालको बिहे लभ जिहादलाई बढावा । पूरा देशलाई इस्लामीकरण गर्ने कोशिश ।’
पोस्टरमा सोनाक्षीका पितालाई उक्त विवाहबारे पुनर्विचार नगर्ने हो भने आफ्नो घरको नाम (रामायण) तुरुन्त परिवर्तन गर्न पनि चेतावनी दिइएको छ ।
पोस्टरमा भनिएको छ, ‘सोनाक्षी सिन्हालाई हिन्दु शिवभवानी सेनाले बिहारमा प्रवेश गर्न दिँदैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण