कृषि
तस्बिरमा हेर्नुहोस् किसानलाई रोपाइँको चटारो
सोमबार, १० असार २०८१, १५ : ०७

ललितपुर । असार लागेसँगै किसानहरू खेतमा धान रोप्न व्यस्त छन् । वर्षापश्चात् धानको ब्याड राखेका किसानहरू अहिले खेतमा रोपाइँमा व्यस्त भएका हुन् ।
किसानहरूलाई बिहानदेखि धान रोपाइँमा भ्याइनभ्याई हुन्छ । ललितपुरको बुङ्गमती क्षेत्रका किसानहरूले पनि धान रोप्न सुरु गरिसकेका छन् । पानी ढिला पर्नाले धान रोप्न पनि ढिला भएको किसानहरू बताउँछन्।
ललितपुरको बुङ्गमती, खोकना धान उत्पादन हुने क्षेत्र हो । असार–साउन अर्थात वर्षायाम भनेको खेतीबाली लगाउने मध्य सिजन भएकाले यतिबेला धानलगायत अन्नबाली लगाउने गरिन्छ ।