३० हजार मेट्रिक टन आँप भारतबाट आयात
मङ्गलबार, ११ असार २०८१, ११ : १९
काठमाडौँ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा ३२ हजार मेट्रिक टन आँप आयात भएको छ । जसमध्ये ३० हजार मेट्रिक टन आँप भारतबाट आयात भएको छ ।
बाँकी दुई हजार मेट्रिक टन आँप चीन, थाइल्यान्ड, इजिप्टबाट आयात भएको विभागको तथ्यांकमा उल्लेख छ । सो बापत नेपालबाट २ अर्ब रुपैयाँ बाहिरिएको छ भने सरकारले ३१ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको विभागको तथ्याङ्कमा उल्लेख छ ।
नेपालमा करिब ५० हजार हेक्टर भन्दा बढी क्षेत्रफलमा आँप खेती गरिएको छ । यसमध्ये करिब ४० हजार हेक्टर क्षेत्रफलको आँपले उत्पादन दिएको छ ।
सो क्षेत्रफलबाट करिब साढे चार लाख मेट्रिक टनको हाराहारीमा स्वदेशी आँप उत्पादन हुँदै आएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्क छ ।
तर, पनि विदेशबाट ठुलो परिमाणमा आँप नेपाल भित्रने गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घुमुवा प्रहरी हुँ भन्दै रकम असुल्ने एक जना व्यक्ति पक्राउ
-
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
-
'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ'मा पारस र दिव्याको नृत्य
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण