एआई पेजेन्टको फाइनलमा भारतीय एआई मोडल
नयाँ दिल्ली । भारतीय एआई मोडल जारा शतावरी एआई पेजेन्टको फाइनलमा पुगेकी छिन् । एआईबाट तयार पारिएका मोडलहरूको लोकप्रियता र चर्चा विश्वभर बढिरहेकै समयमा फानभ्यूले पहिलो पटक कृत्रिम बौद्धिकता (एआई)ले सृजना गरेका मोडलहरूमाझ सौन्दर्य प्रतियोगिता आयोजना गरिरहेको छ ।
शतावरी भारतबाट ब्युटी कन्टेष्टमा सहभागी भएकी पहिलो भारतीय एआई मोडल हुन् । शतावरी अन्तिम तीन फाइनालिष्टमध्ये एक भएको बताइएको छ । प्रतियोगिताको नतिजा अप्रिलमा आउनेछ । शीर्ष तीनमा आउने प्रतिस्पर्धीले कूल २० हजार डलरको पुरस्कार जित्नेछन् । मिस एआईका निर्माताले पनि ५ हजार डलर पाउनेछन् ।
यस प्रतियोगितामा विश्वभरका १ हजार ५०० एआई मोडल सहभागी भएका थिए । यसबाट उत्कृष्ट १० लाई प्रतियोगिताका लागि चयन गरिएको थियो ।
शतावरीको सर्जकहरूले सामाजिक कल्याणका लागि एआई प्रविधिको प्रयोग गर्न भनेर उसलाई बनाएको बताइएको छ । शतावरीको लक्ष्य हेल्थ करियर विकास र फेशनको क्षेत्रमा काम गरेर यसलाई सशक्त बनाउनु भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा
-
जर्मनीको सुरुवाती अग्रता
-
फिफा विश्वकप २०२६ः जर्मनीको सुरुवाती अग्रता
-
नवप्रवेशीमाथि हाबी तर २०१८ र २०२२ को टिठलाग्दो इतिहास बोकेको जर्मनी
-
एबीसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
-
अमेरिका र इरानबिचको सम्झौतामा ‘उल्लेखनीय सुधार’ हुँदैन : पूर्वराष्ट्रपति ओबामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण