घामले पग्लियो अब्राहम लिंकनको मूर्ति
बुधबार, १२ असार २०८१, १४ : २९
वाशिङटन डीसी । अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिंकनको मैनको मूर्ति पग्लिएको छ । सप्ताहन्तमा राजधानी वाशिङ्टन डीसीमा तापक्रम बढेपछि गर्मीले लिंकन मेमोरियलमा राखिएको अब्राहम लिंकनको ६ फिटको मैन मूर्ति पग्लिएको हो ।
सुरुमा मूर्तिको टाउको पग्लिएको थियो । त्यसपछि बिस्तारै मैन पग्लिएर मूर्तिको स्वरूप बिगिँ्रदै गयो । सो मेमोरियल अमेरिकाको गृह युद्धकालको एउटा शरणार्थी क्याम्प भएको ठाउँमा थियो ।
सो ठाउँमा अहिले एउटा प्राथमिक विद्यालय पनि छ । विद्यालय बाहिर मैन स्मारक छ । त्यो मैनको मूर्ति मात्रै थिएन, मैनबत्ती पनि थियो ।
गर्मीले अब्राहम लिंकनको मूर्ति पग्लिएको यो पहिलो पटक भने होइन । यसअघि पनि यस्तो घटना भइसकेको छ । मैनको मूर्तिबाट पग्लिएको टाउको यही हप्ता पुनः जोडिने बताइएको छ । सप्ताहन्तमा डीसी–मेट्रो क्षेत्रमा हिट अलर्ट जारी गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण