धान रोपाइँको क्षेत्रफल घट्ने अनुमान
बिहीबार, १३ असार २०८१, १७ : ०१
काठमाडौँ । यो वर्ष नेपालमा धान रोपाइँको क्षेत्र घट्ने अनुमान गरिएको छ । ललितपुरस्थित कृषि विभागमा बिहीबार ‘२१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ’ महोत्सव, २०८१ को सन्दर्भमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा गत वर्षको तुलनामा यो वर्ष ४० हजार १५३ हेक्टर क्षेत्रफल घट्ने अनुमान गरिएको विभागका महानिर्देशक नरहरि घिमिरेले जानकारी दिए ।
उनका अनुसार यो वर्ष १३ लाख ९८ हजार ८३६ क्षेत्रफलमा धान रोपाइँ हुने अनुमान गरिएको छ । गत वर्ष १४ लाख ३८ हजार ९८९ क्षेत्रफलमा धान रोपाइँ भएको थियो ।
रोपाइँ हुने अनुमानित क्षेत्रफल यसमध्ये पछिल्लो तथ्याङ्क (१२ गते) अनुसार १ लाख ३६ हजार ४११ अर्थात् ९.८ प्रतिशत रोपाइँ भएको छ । यो गत वर्षको तुलनामा बढी हो गत वर्ष असार १० गतेसम्ममा ८.७५ प्रतिशत रोपाइँ भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुथी विद्रोहीको नाकाबन्दीको चेतावनीले अमेरिकामाथि नयाँ सैन्य दबाब, पश्चिम एसियामा युद्ध थप फैलिने खतरा
-
गगन थापासँग सती जाने होइन, नयाँ र बलियो पार्टी बनाउने हो : मोहनबहादुर बस्नेत
-
काठमाडौँमा वर्षा रोकिएपछि खुल्यो मौसम, तस्बिरहरू
-
सिंहदरबारमा सुरु भयो मन्त्रिपरिषद् बैठक
-
पछिल्लो तीन महिनामा काठमाडौँ जिल्ला अदालतमा ९९ प्रतिशत म्याद तामेली
-
निर्माणाधीन पानी ट्याङ्कीभित्र मृत फेला परेका दुई जनाको पहिचान खुल्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण