रामेछाप कांग्रेस विवाद : वीर बहादुर तामाङ धरौटीमा रिहा
काठमाडौँ । नेपाल कांग्रेस रामेछापका महाधिवेशन प्रतिनिधि वीर बहादुर तामाङ धरौटीमा रिहा भएका छन् । ५ जेठमा खाँडादेवी गाउँपालिका–७ स्थित गाल्वामा आयोजित जनजातिहरूको जिल्ला अधिवेशनमा झडप भएको विषयमा प्रहरीले उनलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो । रामेछाप जिल्ला अदालतले मागेको ३ लाख २५ हजार धरौटी बुझाएर उनी रिहा भएका हुन् ।
जनजातिहरूको जिल्ला अधिवेशनमा जित बहादुर मगर र वीर बहादुर तामाङ समूहबिच झडप भएको हो । झडपमा संलग्न बागमती प्रदेश समिति सदस्य जित बहादुर मगर र नेविसंघका केन्द्रीय सदस्य चन्द्र बहादुर थापालाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । जित बहादुर समूहका महाधिवेशन प्रतिनिधि भरत चौलागाईं र जिल्ला उपसभापति नवराज थोकरसहित ६ जना अझै फरार छन् ।
झडपपछि दुवै समूहले एक अर्काविरुद्ध ज्यान मार्ने उद्योगमा जिल्ला प्रहरी कार्यालय रामेछापमा जाहेरी दर्ता गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारी पीडितको आर्तनाद: स्ट्याण्डर्ड सहकारीले ठग्यो, सरकारी संयन्त्रले साथ दिएन
-
एमाले कार्यदलको निर्णय : सातै प्रदेशबाट सुझाव सङ्कलन गर्ने
-
सशस्त्रका एआईजी पोखरेललाई मानवश्रोत विभागको जिम्मेवारी
-
राष्ट्रपति भवन अगाडि जेनजी थुनुवाका अभिभावकहरूको प्रदर्शन, तस्बिरहरू
-
कांग्रेस संस्थापन इतर पक्षद्वारा बृहत् एकता भेलाको तयारी
-
वेस्ट ह्यामका सह–मालिक सुलिधानमाथि यौन शोषणको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण