कम्युनिष्टहरुको बिचमा एकता हुन आवश्यक छ : ज्ञवाली

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले कम्युनिष्टहरुको बिचमा एकता हुन आवश्यक रहेको बताएका छन् । शनिवार काठमाडौंमा पुष्पलाल जन्म शताब्दी समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले कम्युनिष्ट एकता देशका लागि धेरै महत्वपूर्ण रहेको बताए । ज्ञवालीले कम्युनिष्टहरुको बिचमा एकता नभइ देश समृद्ध बन्न नसक्ने समेत बताए । देशको राजनीति र विशेषताले देशमा भएका सबै राजनीतिक दलहरु मिल्नुपर्ने देखाएको बताउँदै उनले सबै कम्युनिष्ट राजनीतिक दलहरुको उद्देश्य देशलाई अघि बढाउने भएको स्पष्ट पारे ।
उनले भने, ‘यहाँहरुले जुन प्रस्ताव राख्नुभएको छ, कम्युनिष्ट एकताको लागि त्यो धेरै महत्वपूर्ण छ । कम्युनिष्टहरुको बीचमा एकता गर्नुपर्छ । एकतावद्ध नभइकन हुँदैन । कम्युनिष्ट मात्रै होइन, हामी काँग्रेससँग मिलेर नै यति ठूलो उपलब्धि प्राप्त गर्न सकेका छौँ । हाम्रो देशको राजनीति र विशेषताले के भन्छ भने नेपालका राजनीतिक पार्टीहरु धेरै भन्दा धेरै मिलेरै काम गर्नुपर्छ ।’
ज्ञवालीले कम्युनिष्टहरु फुटेर नभइ जुटेर अघि बढ्न आवश्यक रहेको बताउँदै नेपाली जनता, राजनीतिक पार्टी, कम्युनिष्टहरु एकतावद्ध भएर जाने हो भने संसारका कुनैपनि तागतले केही गर्न नसक्ने बताए ।
उपाध्यक्ष ज्ञवालीले कम्युनिष्टका अगाडि अहिले धेरै ठूला चुनौति र सम्भावनाहरु रहेको समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुकुरको उद्धार गर्दै आएको ’एनिमल रेस्क्यु सेन्टर’ लाई बेलायतबाट सहयोग
-
गण्डक–घण्टाघर–मितेरी पुल सडक निर्माणमा देखिएका समस्याबारे छलफल
-
बाढीले काठेपुल बगाएपछि आवागमनमा समस्या
-
प्रदीप नेपाल : सुरुङ खनेर नख्खु जेलबाट भागेपछि...
-
कन्सर्ट विवादको लागि सोनु निगमले माफी मागे
-
भारत भ्रमण उपलब्धिपूर्ण रह्यो : मुख्यमन्त्री शाह