कम्युनिष्टहरुको बिचमा एकता हुन आवश्यक छ : ज्ञवाली
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले कम्युनिष्टहरुको बिचमा एकता हुन आवश्यक रहेको बताएका छन् । शनिवार काठमाडौंमा पुष्पलाल जन्म शताब्दी समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले कम्युनिष्ट एकता देशका लागि धेरै महत्वपूर्ण रहेको बताए । ज्ञवालीले कम्युनिष्टहरुको बिचमा एकता नभइ देश समृद्ध बन्न नसक्ने समेत बताए । देशको राजनीति र विशेषताले देशमा भएका सबै राजनीतिक दलहरु मिल्नुपर्ने देखाएको बताउँदै उनले सबै कम्युनिष्ट राजनीतिक दलहरुको उद्देश्य देशलाई अघि बढाउने भएको स्पष्ट पारे ।
उनले भने, ‘यहाँहरुले जुन प्रस्ताव राख्नुभएको छ, कम्युनिष्ट एकताको लागि त्यो धेरै महत्वपूर्ण छ । कम्युनिष्टहरुको बीचमा एकता गर्नुपर्छ । एकतावद्ध नभइकन हुँदैन । कम्युनिष्ट मात्रै होइन, हामी काँग्रेससँग मिलेर नै यति ठूलो उपलब्धि प्राप्त गर्न सकेका छौँ । हाम्रो देशको राजनीति र विशेषताले के भन्छ भने नेपालका राजनीतिक पार्टीहरु धेरै भन्दा धेरै मिलेरै काम गर्नुपर्छ ।’
ज्ञवालीले कम्युनिष्टहरु फुटेर नभइ जुटेर अघि बढ्न आवश्यक रहेको बताउँदै नेपाली जनता, राजनीतिक पार्टी, कम्युनिष्टहरु एकतावद्ध भएर जाने हो भने संसारका कुनैपनि तागतले केही गर्न नसक्ने बताए ।
उपाध्यक्ष ज्ञवालीले कम्युनिष्टका अगाडि अहिले धेरै ठूला चुनौति र सम्भावनाहरु रहेको समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण