बानेश्वरमा पार्किङ गरेको स्कुटरमा आगलागी
काठमाडौँ । काठमाडौँ महानगरपालिका- ३१ पुरानो बानेश्वरमा पार्किङ गरेको स्कुटरमा आगलागी भएको छ ।
अम्बिका मार्ग डेरा गरी बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-८ घर भएका २९ वर्षीय माधव तिमिल्सिनाले आफ्नै कोठा अगाडी बाटोको छेउमा पार्किङ गरी राखेको बा.५० प २९७४ नम्बरको स्कुटरमा शनिबार दिउँसो आगलागी भएको हो । आगलागी हुँदा स्कुटर पूर्णरूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
यता सुर्खेतको भेरीगंगा नगरपालिका-५ बिउरेनी बस्ने ६२ वर्षीय शेर बहादुर दमाईको घरमा विद्युत् सर्ट भई शनिबार साँझ आगलागी हुँदा नगद, अन्नपात, भाडाँवर्तन लगायतका सरसामान जलेर करिब १० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
यस्तै बाँकेको नेपालगन्ज उपमहानगरपालिका-८ त्रिभुवन चोक बस्ने सुनिल कुमार गुप्ताको जय बैष्णु रेडिमेट फेन्सी पसलमा शनिबार राति विद्युत् सर्ट भई आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण खुल्न बाँकी रहेको छ ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा
-
जर्मनीको सुरुवाती अग्रता
-
फिफा विश्वकप २०२६ः जर्मनीको सुरुवाती अग्रता
-
नवप्रवेशीमाथि हाबी तर २०१८ र २०२२ को टिठलाग्दो इतिहास बोकेको जर्मनी
-
एबीसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
-
अमेरिका र इरानबिचको सम्झौतामा ‘उल्लेखनीय सुधार’ हुँदैन : पूर्वराष्ट्रपति ओबामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण