प्रतीक थापालाई सरकारी वकिल कार्यालय काठमाडौँमा लगियो
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाल प्रहरीले पक्राउ गरेका पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापालाई जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा लगिएको छ ।
शुक्रबार बौद्धबाट पक्राउ परेका प्रतीकलाई आइतबार प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा लगेको हो । उनलाई त्यसपछि जिल्ला अदालत काठमाडौँमा पेस गरिने छ ।

प्रतीकलाई यसअघि पेस भएको अभियोग पत्रमा बयानका लागि जिल्ला अदालत काठमाडौँमा पेस गरिने छ । आइतबार उनको बयान हुने र सोमबार थुनछेक बहस हुनेछ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन गरिएको अपराध अभियोगमा गत वर्ष सरकारी वकिलको कार्यालय काठमाडौँले प्रतीकलाई फरार सूचीमै राखेर मुद्दा दायर गरेको थियो ।

यस्तै नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचेन झालाई म्याद थपका लागि अदालतमा पेस गरिने जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुमगनका क्रममा कैफियत भेटिएपछि दुई फर्मलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण