कांग्रेसको अवरोधका बिच सभामुखद्वारा बजेटमाथिको छलफल सकिएको घोषणा
सुर्खेत । बजेटको विषयलाई लिएर कर्णालीमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले असार ५ गतेदेखि लगातार संसद् अवरुद्ध गरिरहेको छ । असार ६ गते बैठक सञ्चालन नहुँदै कांग्रेस प्रदेश सभाबाट बाहिरिए यता संसद् चल्न सकेको थिएन ।
असार १२ गतेदेखि सूचना टाँस गरेर बैठक सर्दै आइतबार दिउँसो ३ बजेका लागि बैठक बोलाइएको थियो । तर, सरकार र प्रतिपक्षबिच सहमति नहुँदै ७ बजे मात्रै बैठक सुरु भयो ।
सरकार र प्रतिपक्षबिच सहमति नभई बैठक सञ्चालन गरेको, प्रतिपक्षका मागको बेवास्ता गर्दै सरकार अघि बढ्न खोजेको भन्दै कांग्रेसले अवरोध गर्यो ।
तर, सभामुख नन्दा गुरुङले प्रतिपक्षको अवरोधका बिच अर्थमन्त्री महेन्द्र केसीलाई जवाफ दिन रोस्टममा बोलाइन् । त्यसबिचमा कांग्रेसले अर्थमन्त्री केसीलाई रोक्न खोज्यो ।
तर केसी फुत्किएर रोस्टममा गए । उनले आफूले यसअघि नै बजेटमाथि जवाफ दिइसकेको भन्दै जवाफ सकिएको जानकारी गराए ।
त्यसपछि सभामुख गुरुङले बजेटमाथिको सामान्य छलफल सकिएको घोषणा गरिन् । उनले सोमबार दिउँसो ३ बजेका लागि प्रदेश सभा बैठक बोलाएकी छिन् ।
कांग्रेस सांसद बेदराज सिंहले सरकारले प्रतिपक्षका माग सम्बोधन नगरेर जबरजस्त अघि बढ्न खोजेको आरोप लगाए । बजेटमाथि उठेका विषयहरूको समाधान नहुँदै जबरजस्ती तरिकाले सदन चलाएको उनले आरोप लगाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण