बेलिङहम र केनको मद्दतले इंग्ल्यान्डको पुनरागमन
सोमबार, १७ असार २०८१, ०५ : ५३
काठमाडौँ । युरो २०२४ बाट बाहिरिने संघारमा पुगिसकेको गत संस्करणको फाइनलिस्ट इंग्ल्यान्ड शानदार पुनरागमन गर्न सफल भएको छ । आइतबार राति भएको खेलमा गोलले पछि परेको स्थिति उल्टाउँदै टोली २–१ गोलले विजयी बनेको हो ।
खेलको २५ औँ मिनेटमा इभान स्रान्जले गोल गरेपछि खेलमा स्लोभाकियाले अप्रत्याशित अग्रता लिएको थियो । खेलको निर्धारित अवधिभर बराबरी गोल फर्काउने प्रयास गरे पनि इंग्ल्यान्ड सफल हुन सकिरहेको थिएन ।
प्रतियोगिताबाट बाहिरिन केही सेकेन्ड मात्र बाँकी रहँदा जुड बेलिङहमले उत्कृष्ट गोल गर्दै खेल बराबरी गरे । खेल त्यसपछि अतिरिक्त समयमा ह्यारी केनले गोल गर्दै इंग्ल्यान्डको पुनरागमन पूरा गरे ।
अब इंग्ल्यान्डले क्वार्टरफाइनलमा स्विट्जरल्यान्डको सामना गर्नेछ । स्वीस टोलीले साबिक विजेता इटालीलाई हराउँदै यसअघि नै अन्तिम आठमा प्रवेश गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण