घरजग्गा रजिस्ट्रेसनबाट १ अर्ब १९ करोड रुपैयाँ राजस्व
काठमाडौँ । पछिल्लो समय देशभर घरजग्गा कारोबार बढ्दै गएको तथ्याङ्कले देखाएको छ । विशेष गरी कोशी, सुदूरपश्चिम र गण्डकी प्रदेशमा घरजग्गा कारोबार बढेको तथ्याङ्कमा उल्लेख छ । बैंक तथा वित्तीय संस्थाबाट घरजग्गामा जाने कर्जामा वृद्धि भएको पनि देखिएको छ ।
नेपाल राष्ट्र बैंकको अध्ययनले पछिल्लो समय घरजग्गाको कारोबार बढ्न थालेको देखाएको हो । कोशी प्रदेशको प्रादेशिक आर्थिक गतिविधि अध्ययनले घरजग्गा रजिस्ट्रेसन सङ्ख्या ३२.९ प्रतिशतले बढेको देखाएको छ । आर्थिक वर्ष २०८०/८१ अर्धवार्षिक प्रतिवेदनले घरजग्गा कारोबार बढेको देखाएको हो ।
घरजग्गाको कारोबारमा वृद्धि भएसँगै मालपोत कार्यालयमा रजिस्ट्रेसन गर्नेको सङ्ख्या पनि बढेको हो । यसबापत राजस्वमा १६.१ प्रतिशतले वृद्धि भएको देखिन्छ ।
यो अवधिमा सरकारले १ अर्ब १९ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ । तर अघिल्लो वर्षको सोही अवधिमा यस्तो राजस्वमा ५५ प्रतिशतले कमी भई १ अर्ब ३ करोड रुपैयाँ मात्रै राजस्व परिचालन भएको थियो ।
राष्ट्र बैंकका अनुसार रियल स्टेट र हाउजिङ दुवैमा बैंकहरूको लगानी बढेको र घरजग्गामा प्रवाह बढिरहेको छ । कुल कर्जा प्रवाहको १३ प्रतिशत कर्जा आवासीय व्यक्तिगत घरकर्जा र अन्य घरजग्गामा प्रवाह भइरहेको छ।
चालु आवको वैशाखसम्ममा बैंकहरूले कुल ५१ खर्ब १२ अर्ब ५८ करोड ८५ लाख रुपैयाँ बराबरको कुल कर्जा प्रवाह गरेकोमा व्यक्तिगत र यसबाहेकका घरजग्गा कर्जामा मात्रै ६ खर्ब ३८ अर्ब ३० करोड ६७ लाख रुपैयाँ बराबरको प्रवाह भएको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण