सत्ता समीकरण बदलिएपछि अर्थमन्त्री पुनको प्रतिक्रिया : बेचन पक्राउ परेपछि कांग्रेस ‘बेचैन’ भयो
काठमाडौँ । नेपाली कांग्रेस र नेकपा एमालेसहितको सत्ता समीकरण फेरबदल गर्ने सहमति भएसँगै माओवादी केन्द्रका उपमहासचिव एवं अर्थमन्त्री वर्षमान पुनले आफू प्रतिपक्षमा बस्ने बताएका छन् । साथै उनले एमालेका अध्यक्ष केपी शर्मा ओलीले दोहोरो भूमिका खेलेकोमा आश्चर्य व्यक्त गरेका छन् ।
सोमबार साँझ कांग्रेसका सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष ओलीबिच सत्ता सहकार्य गर्ने सहमति गरेर मध्यरातमा राष्ट्रपति भेट्न शीतल निवास पुगेपछि मन्त्री पुनले आश्चर्य व्यक्त गरेका हुन् । ‘प्रधानमन्त्री निवास बालुवाटारमा ओलीले बाहिर आएका विषय सबै भ्रम हुन्, यही गठबन्धनलाई अझ बलियो बनाएर ०८४ को चुनावसम्म लैजाने र चुनावपछि पार्टी एकता गर्ने प्रधानमन्त्री प्रचण्डलाई भन्दै ओलीले ढुक्क हुन भन्नुभएको थियो,’ पुनले भने ।
‘दिउँसो दुई जना अध्यक्ष बसेर यो गठबन्धन बलियो हुन्छ भन्नुभएको हो । चुनावसम्म सँगै जाने, चुनावपछि पार्टी एकता गर्ने भनेका थिए । बाहिर आएका हल्ला केही होइन । भ्रम फैलाइयो भन्नुभएको थियो । कसलाई विश्वास गर्ने ? सहमति गरेको भए प्रतिपक्षमा बसौँला,’ मन्त्री पुनले भने ।
राति एमालेका उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलसँग सम्पर्क हुँदासमेत त्यस्तो केही नभएको बाहिर आएको भ्रमबारे वक्तव्य निकाल्ने जानकारी दिएको उनले बताए ।
साथै नक्कली शरणार्थी प्रकरणमा बेचन झा पक्राउ परेपछि प्रमुख प्रतिपक्षी कांग्रेस आत्तिएर समीकरण फेरबदलमा लागेको पुनले आरोप लगाए । ‘समस्या बजेटमा होइन । बेचन झाबाट समस्या भएको हो । झा पक्राउ परेपछि कांग्रेस साह्रै डरायो । प्रहरीको प्रतिवेदनमा कांग्रेसका शीर्ष नेता संलग्न रहेको उल्लेख छ’, मन्त्री पुनले भने । यस विषयमा पार्टीको बैठक बसेर थप निर्णय लिने पुनले बताए ।
शनिबार ओली निवास बालकोटमा सत्ता समीकरण फेरबदलको विषयमा देउवा र ओलीबिच छलफल भएपछि प्रधानमन्त्री प्रचण्डले आइतबार र सोमबार लगातार छलफल गरेका थिए । अहिलेकै गठबन्धनलाई थप बलियो बनाएर जाने सहमति गरेका थिए । सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा समेत प्रधानमन्त्री प्रचण्डले अहिलेकै गठबन्धन कायम रहने ब्रिफिङ गरेका थिए । सत्ता समीकरण बदलिएसँगै ओलीले २०७९ फागुनमा तीन महिना नपुग्दै सरकारबाट बाहिरिएको बदला प्रचण्डसँग लिएका छन् । त्यति बेला कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्री बनाउने आश्वासन दिएर पुस १० गते प्रचण्डलाई प्रधानमन्त्री बनाएका थिए । देउवालाई झुक्क्याएजस्तै गरी यस पटक ओलीले प्रचण्डलाई जिल्याएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण