हश मनी मामिलामा प्रमाणीत आरोप उल्ट्याउन ट्रम्पको माग
वाशिङ्टन डीसी । अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पका वकिलहरूले पुरानो सम्बन्धबारे मुख नखोल्न पोर्न स्टारलाई पैसा दिएको (हश मनी) मामिलामा ट्रम्पका प्रमाणित आरोपहरू पाखा लगाएर यही महिना सुनाउन लागिएको सजायलाई पर सारियोस् भनेर अनुरोध गरेका छन् । ट्रम्पका वकिलहरूले यो मामिला हेरिरहेका न्यूयोर्कका न्यायधीस जुआन मर्चनलाई सोमबार एउटा पत्र पठाएको भन्दै स्थानीय सञ्चार माध्यमहरूले समाचार छापेका छन् ।
सो पत्र अहिलेसम्म सार्वजनिक गरिएको छैन । न त मर्चनले नै यस विषयमा कुनै प्रतिक्रिया दिएका छन् । यद्यपि, पत्रमा पदभार सम्हालिरहेको समयमा चुनावी नतिजा उल्ट्याउन ट्रम्पले गरेको प्रयाससम्बन्धी मुद्दामा सर्वोच्च अदालत उनलाई राहत दिएको नजिरलाई उद्धृत गरिएको छ । मेमा आफ्नो व्यापार व्यवसायको बही खातामा बढाई चढाई गरेको ३४ मामिलामा म्यानह्याटनका १२ निर्णायकहरूको इजलासले ट्रम्पलाई दोषी ठहर गरेको थियो ।
यस मामिलामा ट्रम्पलाई जुलाई ११ मा सजाय सुनाइँदैछ । ट्रम्पले आफू राष्ट्रपति भएकै समयमा सन् २०१७ मा उनको व्यवसायमा बढाई चढाई गरेका आर्थिक प्रतिवेदनहरूमा हस्ताक्षर गरेका थिए । ट्रम्पले राष्ट्रपतिको दायित्वभित्र रहेकै समयमा ती काम गरेको भन्दै उनका वकिलहरूले माफी दिनु पर्ने तर्क गरेका छन् । यस्तो तर्क गएको वर्ष पनि पेस गरिएको थियो ।
ट्रम्पले सो व्यवहार राष्ट्रपतिको दायित्वभित्रै रहेर वा सोसँग सम्बन्धित कदम हो भनेर देखाउन नसकेको सङ्घीय न्यायाधीशको भनाइ छ । सोमबार सर्वोच्चले सुनाएको फैसलालाई ट्रम्पले प्रजातन्त्रका लागि ठुलो जित भनेका छन् । उता, राष्ट्रपति बाइडेनले सर्वोच्चको पछिल्लो फैसलाले डरलाग्दो नजिर बसाल्ने चेतावनी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण