महामन्त्री ढकालको लिखित धारणामा गुरुआमा र गर्लफ्रेन्डको चर्चा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महामन्त्री डा. मुकुल ढकालले आफ्नो लिखित धारणामा गुरुआमा र गर्लफ्रेन्डको प्रसङ्ग उल्लेख गरेका छन् ।
बुधवार बिहान बसेको केन्द्रीय समिति बैठकमा राख्न नपाएको लिखत धारणको ८ नम्बरको १ र २ बुँदामा महामन्त्री ढकालले गुरुआमा र गर्लफ्रेन्डको प्रसङ्ग उल्लेख गरेका हुन् । समानुपातिक सांसद छनोट पार्टीको विधि विपरीत भएको भन्दै रास्वपा केन्द्रीय सदस्य गणेश कार्कीले महामन्त्री ढकाललाई लक्षित गर्दै श्रीमतीका साटो गर्लफ्रेन्डलाई सांसद बनाइएको बताएका थिए ।
त्यसका जवाफमा ढकालले समानुपातिक सूचीको २ र १२ नम्बरमा सिफारिस भएकालाई सांसद बनाउँदा १५ नम्बरमा रहेका ( गणेश कार्की) छुटेको बताएका छन् । आफूले गुरुआमाका रुपमा मानेको व्यक्तित्वलाई सांसद बनाउँदा नातावादको आरोप लगाएको महामन्त्री ढकालको गुनासो छ ।
४ दशक स्वास्थ्य क्षेत्रमा काम गरेकी व्यक्तिलाई जान्नेलाई छान्ने नीति अनुसार सांसद बनाइएको उनको लिखित धारणामा उल्लेख छ ।
यस्तै आफ्नो प्रेम सम्बन्ध र उसैलाई सांसद बनाएको विषयलाई लिएर पनि प्रश्न उठेको भन्दै महामन्त्री ढकालले व्यक्तिगत जीवनबारे केन्द्रीय समितिले निर्णय गर्दा पनि फरक नपर्ने बताएका छन् । ‘मैले बिहे गर्ने कि नगर्ने ? कुमार नै बस्ने कि केन्द्रीय समितिले निर्णय गरिदेओस्’ मुकुलले लेखेका छन्, ‘केन्द्रीय समितिले नै केटी खोजेर योसँग (बिहे) गर भन्छ भने पनि तयार छु वा आफ्नो इच्छामा गर भन्छ भने पनि ठिक छ ।’
विवाह बाहेक पनि आफ्नो जीवनको सबै कुरा पार्टीले धारणा बनाइदिन पनि स्वीकार्य हुने उनले बताएका छन् । ‘देश छाडेर जा, देशको हित हुन्छ भने पनि गइदिन्छु’ महामन्त्री ढकालले लिखित धारणामा उल्लेख गरेका छन्, ‘राजनीति छोड्, देशको हित हुन्छ भने पनि छोडिदिन्छु । देशको हितमा कुन ठाउँमा हुँदा ठिक हुन्छ, मैले के गर्दा ठिक हुन्छ, तपाईंहरु भनिदिनुस् ।’


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण