बैठक लाइभ हुँदैन, महामन्त्रीको प्रस्तावमाथि पर्याप्त छलफल हुन्छ : मनिष झा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सहप्रवक्ता मनिष झाले महामन्त्री मुकुल ढकालले केन्द्रीय बैठक लाइभ गर्ने प्रस्ताव केन्द्रीय समितिबाट अस्वीकार भएको बताएका छन् ।
बुधबार रास्वपा केन्द्रीय बैठकपश्चात् उनले बैठकमा भू–राजनीतिक, व्यक्तिगत कुनै स्टेटमेन्टका कुराहरू हुँदा जोखिम लिन नसक्ने भन्दै प्रस्ताव अस्वीकार गरेको बताए ।
उनले भने, ‘महामन्त्रीले प्रतिवेदन वाचन गर्नुभएको छ, त्यसमाथि छलफल हुन्छ । कहीँ रोकिएको छैन । तर लाइभको कुरा अलिक भिन्न छ । राजनीतिमा रूपमा धेरै कुराहरू संवेदनशील हुन्छन् । भूराजनीतिक सम्बन्धी कुराहरू साथै व्यक्तिगत स्टेटमेन्ट हुन सक्छन् । यस्ता कुराहरूको जोखिम हामी मोल्न सक्दैनौँ । पहिला छलफल गरौँ अनि मात्र लाइभ गरौँ भनेर राजनीतिक र व्यवहारिक रूपमा हेरेका हौँ । सभापतिले त्यसमा सहमति जनाउनु भए पनि त्यो उहाँको व्यक्तिगत कुरा हो । प्रस्तावमाथि भने केन्द्रीय समितिमा छलफल हुन्छ ।’
उनले पार्टीमा कुनै पनि प्रकारको गुटबन्दीहरू नभएको भन्दै आवश्यक समय दिएर महामन्त्रीको प्रतिवेदनमाथि छलफल हुने बताए ।
उनले भने, ‘आजको बैठकमा हामीले एउटा मात्र एजेन्डामा छलफल गरिरहेका छौ त्यो महामन्त्रीको प्रतिवेदन हो । प्रतिवेदनमाथि छलफल हुन्छ । प्रतिवेदन एकैपटकमा अभ्यासमा ल्याउन सकिदैँन । तर अरू पार्टीभन्दा रास्वपाको महामन्त्री के कुरामा भाग्यमानी हुनुहुन्छ भने विधान, राजनीतिक प्रस्तावना सबै उहाँले नै लेख्नु भएको हो र उहाँले नै अभ्यास गर्नु भएको छ । हामी गुटबन्दीमा पनि छैनौँ । आवश्यक समय दिएर उहाँको प्रतिवेदनमाथि छलफल भएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ग्वार्को फ्लाइओभरको उद्घाटन गर्दै प्रधानमन्त्रीले भने– बहुआयामिक र चौतर्फी विकास गर्दैछौँ
-
भद्रगोल पोखरा महानगर : सञ्चालकसँग सम्पन्न प्रमाणपत्र छ, महालेखाको प्रतिवेदनमा छैन !
-
डोटी जिप दुर्घटना अपडेट : चालकसहित ३ जनाको मृत्यु
-
एसएसपीले गरे ग्वार्को ओभरपासको उद्घाटन, ओलीले ताली पड्काए (भिडियोसहित)
-
६० किलो सुन प्रकरण : फरार आरोपी अमला रोका टोखाबाट पक्राउ
-
लुम्बिनी प्रदेशसभा बैठक स्थगित