बैठक लाइभ हुँदैन, महामन्त्रीको प्रस्तावमाथि पर्याप्त छलफल हुन्छ : मनिष झा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सहप्रवक्ता मनिष झाले महामन्त्री मुकुल ढकालले केन्द्रीय बैठक लाइभ गर्ने प्रस्ताव केन्द्रीय समितिबाट अस्वीकार भएको बताएका छन् ।
बुधबार रास्वपा केन्द्रीय बैठकपश्चात् उनले बैठकमा भू–राजनीतिक, व्यक्तिगत कुनै स्टेटमेन्टका कुराहरू हुँदा जोखिम लिन नसक्ने भन्दै प्रस्ताव अस्वीकार गरेको बताए ।
उनले भने, ‘महामन्त्रीले प्रतिवेदन वाचन गर्नुभएको छ, त्यसमाथि छलफल हुन्छ । कहीँ रोकिएको छैन । तर लाइभको कुरा अलिक भिन्न छ । राजनीतिमा रूपमा धेरै कुराहरू संवेदनशील हुन्छन् । भूराजनीतिक सम्बन्धी कुराहरू साथै व्यक्तिगत स्टेटमेन्ट हुन सक्छन् । यस्ता कुराहरूको जोखिम हामी मोल्न सक्दैनौँ । पहिला छलफल गरौँ अनि मात्र लाइभ गरौँ भनेर राजनीतिक र व्यवहारिक रूपमा हेरेका हौँ । सभापतिले त्यसमा सहमति जनाउनु भए पनि त्यो उहाँको व्यक्तिगत कुरा हो । प्रस्तावमाथि भने केन्द्रीय समितिमा छलफल हुन्छ ।’
उनले पार्टीमा कुनै पनि प्रकारको गुटबन्दीहरू नभएको भन्दै आवश्यक समय दिएर महामन्त्रीको प्रतिवेदनमाथि छलफल हुने बताए ।
उनले भने, ‘आजको बैठकमा हामीले एउटा मात्र एजेन्डामा छलफल गरिरहेका छौ त्यो महामन्त्रीको प्रतिवेदन हो । प्रतिवेदनमाथि छलफल हुन्छ । प्रतिवेदन एकैपटकमा अभ्यासमा ल्याउन सकिदैँन । तर अरू पार्टीभन्दा रास्वपाको महामन्त्री के कुरामा भाग्यमानी हुनुहुन्छ भने विधान, राजनीतिक प्रस्तावना सबै उहाँले नै लेख्नु भएको हो र उहाँले नै अभ्यास गर्नु भएको छ । हामी गुटबन्दीमा पनि छैनौँ । आवश्यक समय दिएर उहाँको प्रतिवेदनमाथि छलफल भएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
सरकारको निर्णयले शिक्षा क्षेत्रलाई राहत पुग्ने शिक्षामन्त्रीको विश्वास
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण