कंगनालाई थप्पड हान्ने सीआईएसएफ कन्ष्टेबलको सरुवा
बुधबार, १९ असार २०८१, १७ : ०५
नयाँदिल्ली । बलिउड अभिनेत्री तथा भाजपाकी सांसद कंगना रनौतलाई चन्दीगढ विमानस्थलमा थप्पड हान्ने महिला सीआईएसएफ कन्ष्टेबल कुलबिन्दर कौरको सरुवा भएको छ । जानकारीअनुसार महिलाको साथमा उनका पतिकाे पनि सरुवा भएको बताइएको छ ।
विमानस्थलमा कंगनालाई थप्पड हानेपछि ती महिला निलम्बनमा परेकी थिइन् । अहिले आएर उनको निलम्बन फुकुवा गरेर जागिरमा बहाल गरिएको छ । तर कौरलाई बैंगलुरु सरुवा गरिएको बताइएको छ । कंगनालाई थप्पड हानेपछि सीआईएसएफ कन्ष्टेबलको एउटा भिडियो आएको थियो ।
त्यसमा उसले थप्पड हान्नुको कारण बताएकी थिइन् । कंगनाले सय/सय रुपैयाँ लिँदै किसान आन्दोलनमा महिलाहरू बसेका छन् भन्ने अभिव्यक्ति दिएको समयमा आफ्नी आमा पनि आन्दोलनमा जाने गरेको ती महिलाको भनाइ थियो । लोकसभा निर्वाचनमा कंगना निर्वाचित भएलगत्तै थप्पड काण्ड भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण