कंगनालाई थप्पड हान्ने सीआईएसएफ कन्ष्टेबलको सरुवा
बुधबार, १९ असार २०८१, १७ : ०५

नयाँदिल्ली । बलिउड अभिनेत्री तथा भाजपाकी सांसद कंगना रनौतलाई चन्दीगढ विमानस्थलमा थप्पड हान्ने महिला सीआईएसएफ कन्ष्टेबल कुलबिन्दर कौरको सरुवा भएको छ । जानकारीअनुसार महिलाको साथमा उनका पतिकाे पनि सरुवा भएको बताइएको छ ।
विमानस्थलमा कंगनालाई थप्पड हानेपछि ती महिला निलम्बनमा परेकी थिइन् । अहिले आएर उनको निलम्बन फुकुवा गरेर जागिरमा बहाल गरिएको छ । तर कौरलाई बैंगलुरु सरुवा गरिएको बताइएको छ । कंगनालाई थप्पड हानेपछि सीआईएसएफ कन्ष्टेबलको एउटा भिडियो आएको थियो ।
त्यसमा उसले थप्पड हान्नुको कारण बताएकी थिइन् । कंगनाले सय/सय रुपैयाँ लिँदै किसान आन्दोलनमा महिलाहरू बसेका छन् भन्ने अभिव्यक्ति दिएको समयमा आफ्नी आमा पनि आन्दोलनमा जाने गरेको ती महिलाको भनाइ थियो । लोकसभा निर्वाचनमा कंगना निर्वाचित भएलगत्तै थप्पड काण्ड भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारसँग बहुमत भएकाले ऐन कानून बनाउने उपयुक्त समय : एनपी साउँद
-
तीनकुने घटनामा पक्राउ परेका ४० जनालाई थप ७ दिन हिरासतमा राख्न अनुमति
-
युद्धमा गोली मात्रै चल्दैन, सूचना युद्ध पनि चल्छ
-
लुम्बिनी प्रदेशमा जलाधार क्षेत्र संरक्षण विधेयक आउँछ : सभामुख घर्तिमगर
-
रातोपाटीकर्मी शाही सम्मानित
-
हावाहुरीका कारण फेवातालमा पल्टिएको डुङ्गामा सवार सबैको उद्धार, एक जनाको उपचार हुँदै