चिनियाँ विदेशमन्त्रीसँगको भेटपछि जयशंकरले के भने ?
आस्ताना । लद्दाखमा भारत र चीनबिच सीमा तनाव जारी छ । तनावका बीचमा भारतीय विदेशमन्त्री एस जयशंकर र चिनियाँ समकक्षी वाङ यीबिच बिहीबार कजाकिस्तानको राजधानी अस्तानामा भेटवार्ता भएको छ ।
शांघाई सहयोग सङ्गठन (एससीओ)को शिखर सम्मेलनमा सहभागी हुन दुवै जना कजाकिस्तान पुगेका हुन् । ‘आज बिहान अस्तानामा चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेट भयो ।’ भेटबारे ट्वीटरमा जानकारी दिँदै विदेशमन्त्री जयशंकरले भने ।
‘सीमा विवाद सम्बन्धी मुद्दाको चाँडो समाधानका लागि छलफल भएको छ । यस दिशामा कूटनीतिक र सैन्य माध्यमबाट प्रयास दोब्बर बनाउने सहमति भएको छ ।’ ट्विटमा भनिएको छ । वास्तविक नियन्त्रण रेखाको सम्मान गर्न र सीमा क्षेत्रमा शान्ति र सद्भाव सुनिश्चित गर्न महत्त्वपूर्ण भएको पनि उनले बताएका छन् । पारस्परिक सम्मान, आपसी संवेदनशीलता र पारस्परिक हितले द्विपक्षीय सम्बन्धलाई निर्देशित गर्ने ट्विटमा भनिएको छ ।
एससीओको २४औँ बैठक जुलाई ४ मा भइरहेको छ । एससीओको बैठकमा भाग लिन चीनका राष्ट्रपति सी चिनफिङ, रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफ पनि कजाकिस्तानमा छन् । तर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भने त्यसमा सहभागी भएका छैनन् ।
उनको स्थानमा भारतको नेतृत्व गर्दै विदेशमन्त्री एस. जयशंकर कजाकिस्तान पुगेका हुन् । संसदको अधिवेशनका कारण मोदी एससीओमा सहभागी नहुने आधिकारिक विज्ञप्तिमा भनिएको छ ।
दक्षिण एसियाको राजनीतिमा नजर राख्ने विज्ञहरूले भने मोदी कजाकस्तान नजानुको कारण उनले सी र पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफसँग एउटै मञ्चमा उभिन नचाहनु भएको बताइरहेका छन् । चीन र पाकिस्तानसँग भारतको सम्बन्ध लामो समयदेखि बिग्रँदै आएको छ । प्रधानमन्त्री मोदी अर्को साता रुसको भ्रमणमा जाँदै छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण