संसदीय सुनुवाइ समिति बैठक
प्रस्तावित निर्वाचन आयुक्त प्रधानको संसदीय सुनुवाइ अनिश्चितकालका लागि स्थगित
बिहीबार, २० असार २०८१, १७ : ००
काठमाडौँ । प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानको संसदीय सुनुवाइ अनिश्चितकालका लागि स्थगित भएको छ ।
संसदीय सुनुवाइ समितिको बिहीबार बसेको बैठकले अहिलेका लागि सिफारिसिबारे विचार विमर्शका लागि थप समय चाहिने देखिएको ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले जानकारी दिए ।
उनले अब कहिले सुनुवाइ हुने भन्ने टुङ्गो नलागेको पनि बताए । ‘अहिलेका लागि विचार विमर्शका लागि थप समय चाहिने भएकाले सुनुवाइ स्थगित भएको छ’, उनले भने, ‘थप समय लिने भन्ने निर्णय बैठकले गरेको छ । कति समय भन्नेचाहिँ छैन ।’
प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्को निर्णयका आधारमा प्रधान आयुक्तमा सिफारिस भएका थिए । तर, उनको सिफारिस विवादमा तानिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण