नेपाल बैंक र काठमाडौँ महानगरपालिका बिच सम्झौता
काठमाडौँ । नेपाल बैंक लिमिटेड र काठमाडौँ महानगरपालिकाबिच बैंकिंङ कारोबार गर्ने सम्बन्धमा सम्झौता भएको छ । मंगलबारका दिन काठमाडौँ महानगरपालिकाकोे कार्यालयमा आयोजित एक समारोहमा भएको उक्त सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत तिलक राज पाण्डेय र काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले हस्ताक्षर गरेका हुन् ।
सो सम्झौता बमोजिम काठमाडौँ महानगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरूलाई बैंकले विशेष छूट सहितको बैंकिंङ सेवा उपलब्ध गराउने एवं सामुदायिक विद्यालयहरुमा कार्यरत सम्पूर्ण स्थायी, करार, आंशिक तथा ज्यालादारी÷प्राविधिक शिक्षक/कर्मचारीहरूले नेपाल बैंक लिमिटेडको सबै शाखाबाट छूट सहित आकर्षक बैंकिंङ सेवा सुविधा पाउने गरी तलबी बचत खाता खोल्न सक्नुका साथै नियमानुसार बैंकले प्रदान गर्ने कर्जा तथा अन्य बैंकिंङ सुविधा पाउन सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पछिल्लो तीन महिनामा काठमाडौँ जिल्ला अदालतमा ९९ प्रतिशत म्याद तामेली
-
निर्माणाधीन पानी ट्याङ्कीभित्र मृत फेला परेका दुई जनाको पहिचान खुल्यो
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
-
सेयर बजारमा झण्डै १४ अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण