सीटीईभीटीका विद्यार्थीहरूलाई ऊर्जा मन्त्रालयको परियोजनामा अप्रेन्टिसशिप मोडेलमा सहभागी गराउने समझदारी

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयबिच प्राविधिक तथा व्यावसायिक शिक्षा परिषद् (सीटीईभीटी) का विद्यार्थीलाई कार्यस्थलमा आधारित सिपमूलक तालिमका लागि द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ । यस सम्झौताले सीटीईभीटी विद्यार्थीलाई ऊर्जा मन्त्रालयका परियोजनामा अप्रेन्टिसशिप मोडेलमा सहभागी गराउनेछ ।
बिहीबार शिक्षामन्त्री सुमना श्रेष्ठ र ऊर्जा मन्त्री शक्तिबहादुर बस्नेतले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौतापत्रमा हस्ताक्षरपछि शिक्षामन्त्री सुमना श्रेष्ठले शिक्षाले श्रम बजारको माग अनुसारको सिप दिन सक्नुपर्ने बताइन् । ‘सोह्रौँ योजनाले पनि ७०-३० अर्थात् सत्तरी प्रतिशत प्राविधिक शिक्षा र ३० प्रतिशत नियमित शिक्षामा जानुपर्ने भनेको छ । हाम्रा युवाहरूलाई देशमै रोक्ने भनेको रोजगार दिएर मात्र सक्छौँ,’ मन्त्री श्रेष्ठले भनिन् ।
कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यो सम्झौता पत्र कार्यान्वयनमा लैजान सके असल अभ्यासको विस्तार हुने बताए । विद्युत् प्राधिकरणले विभिन्न परियोजनामा अहिले पनि इन्टर्न राखिरहेको र उनीहरूको काम र अनुभव एकदमै राम्रो रहेको बताए ।
यस्तै ऊर्जा मन्त्री शक्तिबहादुर बस्नेतले सिप र श्रमलाई संस्कृति बनाउन नसकेकाले विद्यार्थीलाई कार्यस्थलमै लगेर कमाउँदै व्यवहारिक सिप सिकाउन यो सम्झौता गरिएको बताए ।
‘ढल्केवरको एउटा टनेलको काममा ५०० जना श्रमिक थिए । एक जना पनि नेपाली रहेनछ। हाम्रा प्राविधिक शिक्षाका विद्यार्थीहरूलाई कार्यस्थल र श्रमसँग जोड्न यो सम्झौता कोशेढुंगा साबित हुनेछ,’ मन्त्री बस्नेतले भने ।
समझदारी पत्रको मुख्य उद्देश्य "कमाउँदै सिक्दै" भन्ने अवधारणालाई सिप विकासमार्फत कार्यान्वयनमा ल्याउनु हो । यस अवधारणाले विद्यार्थीलाई कार्यस्थलमा आधारित सिकाइद्वारा सिप विकासमा गुणस्तर अभिवृद्धि गराउनेछ भने विद्यार्थीहरूको वृत्ति मार्गलाई स्पष्ट पार्दै एप्रेन्टिसलाई उत्प्रेरित गर्न मद्दत पुर्याउनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालाजु पुल र विष्णुमती खोलाको आसपासको क्षेत्र डुबानमा
-
१० बजे १० समाचार : दुई घण्टासम्म ओली–देउवा वार्ता, एमाले महासचिवको प्रस्तावलाई ओलीले गरे अस्वीकार
-
प्रधानन्यायाधीश नेतृत्वको टोलीद्वारा बेलायतमा महत्त्वपूर्ण भेटघाट
-
आईपीएल : कमिन्सको कसिलो बलिङ, १ सय ३३ रनमा रोकियो दिल्ली
-
‘वैदेशिक शिक्षा अनुभव र नेपालको शिक्षा नीति : संवाद र सम्भावना’ विषयक कार्यक्रम सम्पन्न
-
रारा पुगेर अभिनेता प्रदिप खड्काले भने, ‘कर्णालीवासीले क्षतिपूर्ति माग्नुपर्छ’