कान्ति लोकपथ, बीपी राजमार्गसहित देशभर ३६ सडक खण्ड अवरुद्ध (विवरणसहित)

काठमाडौँ । अविरल वर्षाका कारण उत्पन्न बाढी र पहिरोका कारण देशभरमा ३६ महत्त्वपूर्ण सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् । नेपाल प्रहरीको विवरण अनुसार काठमाडौं हेटौडा जाने वैकल्पिक राजमार्गको रूपमा रहेको कान्ति लोकपथ पहिरोका कारण पूर्णरुपमा अवरुद्ध भएको छ । बागमती गाउँपालिका वडा नम्बर ३ मा पहिलो गएका कारण सडक अवरुद्ध भएको छ ।
यस्तै चित्लाङ–मकवानपुर सडक खण्ड पनि पूर्णरूपमा अवरुद्ध भएको छ । यो सडक खण्डमा चन्द्रागिरि वडा नम्बर ४ मा अन्तर्गत रहेको सडकमा पहिरो गएपछि सडक अवरुद्ध बनेको हो । यस्तै भीमफेदी गाउँपालिका ४ मा गएको पहिरोका कारण भीमफेदी काठमाडौ सडक अवरुद्ध भएको छ ।
यस्तै सिन्धुलीको सुनकोशी गाउँपालिका २ मा गएको पहिरोका कारण बीपी राजमार्ग पूर्णरुपमा बन्द भएको छ । काभ्रेको रोशी गाउँपालिका ८ नर्केमा भएको अवरोधका कारण बीपी राजमार्ग खण्ड बन्द भएको छ ।
यस्तै मनाङको चामेमा बाढीका कारण चामे–बेशीसहर सडक खण्ड पूर्ण रूपमा अवरोध भएको प्रहरीले जनाएको छ । म्यादीमा पहिरोका कारण बेनी–दरवाङ सडक र बेनी जोमसोम सडक पूर्णरुपमा अवरुद्ध भएको छ ।
अविरल वर्षाका कारण रसुवाको स्याफ्रुबेसी–थाम्बुचेत सडक, चखेल–देउराली जाने सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । लमजुङमा पहिरोका कारण बेशीसहर मनाङ सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । तनहुँको आवुखैरेनीमा पहिरोका कारण पृथ्वीराजमार्गमा अवरुद्ध भएको छ । हेर्नुहोस् विवरण :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानले उत्पादन गरेको फापर गाउँपालिकाले किन्यो
-
काठ दाउराका लागि मात्रै भेला र साधारणसभा नगर्नुहोस् : प्रमुख संरक्षण अधिकृत
-
प्रधानन्यायाधीश नेतृत्वको टोलीद्वारा बेलायतमा भेटघाट
-
भरतपुर अस्पतालमा ‘एमबिबीएस’ कार्यक्रम सञ्चालनका लागि प्रस्ताव गरेका छौँ : मन्त्री पौडेल
-
ट्याक्टरले ठक्कर दिँदा जन्ती गइरहेकी एक महिलाको मृत्यु, एक घाइते
-
बालाजुस्थित करिडोर सडक डुबानमा (तस्बिरहरु)