चिनियाँलाई नेपाली भाषा साहित्य सिकाउँदै प्राध्यापक पोखरेल
चीन । त्रिभुवन विश्वविद्यालयका अवकाश प्राप्त भाषाविद् प्राध्यापक डा माधवप्रसाद पोखरेल उत्तर छिमेकी चीनको राजधानी बेइजिङमा चिनियाँ छात्रछात्रालाई नेपाली भाषा, साहित्य र संस्कृति पढाउँछन् ।
विश्वविद्यालयबाट अवकाशपछि पनि तन्नेरी युवाले जस्तै भाषा अध्यापनमा सक्रिय प्राध्यापक पोखरेलले तीन महिनादेखि नेपाली भाषा पढ्ने चिनियाँ विद्यार्थीहरूलाई नेपाली भाषा, नेपालबारे अध्यापन गराउने काममा सक्रिय छन् ।
बेइजिङ विदेशी भाषा विश्वविद्यालयमा नेपाली भाषाका चिनियाँ शिक्षिका इन्दिरा (नेपाली नाम) लाई विद्यावारिधी गराउने सिलसिलामा चीन आएका प्राध्यापक पोखरेलले चीन बसाइको निकै रोचक अनुभव सँगालेका छन् ।
२४ वर्ष अगाडि चीनमा एक वर्ष बेइजिङस्थित चिनियाँ अन्तर्राष्ट्रिय रेडियो (सीआरआई) नेपाली सेवामा नेपाली भाषा विज्ञ भएर काम गरेका पोखरेल अहिले फेरि तीन महिनाका लागि भाषा विज्ञकै रूपमा बेइजिङ आएका हुन् ।
त्रिभुवन विश्वविद्यालय भाषा विज्ञान केन्द्रीय विभागबाट विद्यावारिधी गर्दै गरेकी चिनियाँ छात्रा इन्दिराका शोध निर्देशक प्राध्यापक पोखरेलले चीन बस्दा ‘पशुपतिको यात्रा सिद्राको व्यापार’ भएको अनुभव सुनाए ।
नेपाली भाषा अध्ययन गर्ने चिनियाँ छात्रछात्रालाई भाषा–साहित्य सिकाउने र आफ्ना चेली छात्रालाई विद्यावारिधीको निर्देशन गर्ने दुवै काम एक साथ भएको उनले बताए ।
पोखरलले भने, ‘चीनबारे नेपाली बुझाइका बारेमा पनि धेरै अनुभव साटासाट गरियो ।’
चीनमा आफ्नो तीन महिने बसाइमा समय बितेको पत्तै नभएको उनले बताए । आगामी साता नेपाल फर्कने तयारीमा रहेका उनले नेपाली फर्केपछि विभिन्न कार्यक्रममा सहभागी भएर थपडी बजाउँदैमा समय जाने सुनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण