अविरल वर्षाका कारण कर्णाली राजमार्गको पहिरो पन्छाउन समस्या
सुर्खेत । शुक्रबारदेखि परिरहेको अविरल वर्षातका कारण पहिरो गएर अवरुद्ध भएको कर्णाली राजमार्ग अझै खुलाउन सकिएको छैन । निरन्तर वर्षात् भइरहेका कारण पहिरो पन्छाउन कठिनाइ भइरहेको हो । साथै एक ठाउँको पहिरो पन्छाउन नसकिँदै अर्को ठाउँमा पहिरो जान सुरु भएको छ ।
विशेष गरी राजमार्गको कालिकोट–जुम्ला, कालिकोट–मुगु सडक खण्डमा पहिरो गइरहेका छन् । जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी, प्रहरी निरीक्षक पोषण थापाका अनुसार कालिकोट खण्ड अन्तर्गत गगने खोला र एस मोडमा पहिरो गएको छ । यी दुई ठाउँमा ढुङ्गाहरू खस्ने क्रम जारी रहेकाले पन्छाउन समस्या भइरहेको हो ।
‘त्यहाँ दैलेखको राकम कर्णालीबाट मेसिन गए पनि पहिरो जाने क्रम जारी रहेकाले पन्छाउने काम सुरु भैसकेको छैन,’ उनले रातोपाटीसँग भने । शनिबार नै गएको राजमार्ग अन्तर्गत हुल्मको पहिरो सफा गर्ने क्रम जारी रहेको थापाले बताए । यस्तै शनिबार नै गएको तिलापुफाको काल्जे ठाउँको पहिरो बिहान मात्रै पन्छाएर सकिएको छ । यस्तै खाँडाचक्र नगरपालिका–६, को मल्छा भन्ने ठाउँ नजिकै भर्खरै पहिरो गई राजमार्ग अवरुद्ध भएको छ ।
यस्तै कर्णाली कोरिडोर अन्तर्गत फुगाड खोलमा पहिरो गएर कर्णाली कोरिडोर पनि अवरुद्ध भएको उनले बताए । त्यहाँ प्रहरी गइरहेको छ । वर्षातका कारण गएको पहिरोले राजमार्ग अवरुद्ध भएपछि माथिल्लो कर्णालीमा यातायातको सुविधा प्रभावित भएको छ ।
यस्तै सुर्खेतबाट माथिल्लो कर्णालीतर्फ जान लागेका सवारी साधनहरू बिच बाटोमा अलपत्र अवस्थामा छन् । पहिरो पन्छाउन सडक डिभिजन कार्यालयबाट मेसिनहरू प्रयोग भइरहेका छन् भने प्रहरीले त्यहाँ सहयोग गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि किसान खुसी
-
गर्मीमा विद्युत् अभाव : मधेसमा बढ्दै छ आक्रोश
-
४० कटेपछि किन टाढिन्छन् साथीभाइ ?
-
अमेरिका–इरानबिचको प्रारम्भिक १४–बुँदे सम्झौता पढ्नुहोस्
-
लुकाई छिपाई राखिएको ३७० किलोग्राम गाँजा बरामद
-
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण