विपत्मा परेकाको राहत र उद्धारमा खटिन मुख्यमन्त्रीको निर्देशन
सोमबार, २४ असार २०८१, १० : १८
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले अविरल वर्षाका कारण विपत्मा परेकाहरूको तत्काल राहत र उद्धारमा लाग्न निर्देशन दिएका छन्।
वर्षाका कारण बाढी, पहिरो र डुबानबाट प्रभावित जनताको जनधनको सुरक्षाका लागि राज्यका निकायहरूलाई कार्यक्षेत्रमा खटिन उनले निर्देशन दिएका हुन् ।
लुम्बिनी प्रदेशका १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग अविरल वर्षाका कारण भएको क्षतिको जानकारी लिएपछि मुख्यमन्त्री महराले राहत तथा उद्धारमा सक्रियता पूर्वक लाग्न निर्देशन दिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
अविरल वर्षापछि लुम्बिनी प्रदेशका केही स्थानमा सडक अवरुद्ध भएको छ भने बाढी पहिरोले क्षति पुराउनुका साथै कतिपय बस्ती डुबानमा परेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण