ललितपुर महानगरपालिकाद्वारा पुरातात्विक महत्वको ऐतिहासिक धारा पुनःनिर्माण
ललितपुर । ललितपुर महानगरपालिका वडा नं ४ जावालाखेलमा ऐतिहासिक (जरुँहिटी) उत्खनन गरेर ललितपुर महानगरपालिकाले पुनःनिर्माण गरेको छ ।
ऐतिहासिक धारा (जरुँहिटी)ललितपुर महानगरले पार्क निर्माण गर्नेक्रममा उत्खनन गर्दा भेटिएकाले ललितपुर महानगरपालिका र ताम्राकार समाजको सहकार्यमा पुनः निर्माण गरेको हो । ताम्राकार समाजले बाटो हिँड्नेलाई पानी पिउन सहजताको लागि परम्परागत रुपमा निर्माण गरिएको उक्त धारा चार सय वर्ष पुरानो रहेको ताम्राकार समाजका अध्यक्ष विनोद ताम्राकारले जानकारी दिए ।
उनका अनुसार हाल ललितपुर महानगरपालिका र ताम्राकार समाजको सहकार्यमा निर्मित धारामा आरओ प्रविधिद्वारा प्रशोधित शुद्ध पिउने पानी स्वचालित रुपमा सञ्चालित छ । ललितपुर महानगरपालिका–४ जावलाखेल मोसिख्योमा पार्क निर्माण गर्नेक्रममा पुरातात्विक महत्व बोकेको ऐतिहासिक धाराको ढुङ्गा भेटिएपछि ताम्राकार समाजसँगको सहकार्यक्रमा उक्त धारा (जरुँहिटी) को पुनःस्थापना गरेको ललितपुर महानगरपालिका–४ का वडाध्यक्ष सन्तोष खड्काले जानकारी दिए ।
महानगरले ऐतिहासिक सम्पदा संरक्षण र पुनःनिर्माण गर्नेक्रममा धारा जरुँहिटीलाई पुनःस्थापना गरेकोमा आफू खुसी रहेको ललितपुर महानगरपालिका–४ जावलाखेलका स्थानीय रामकुमार पन्तले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण