मोरङमा चैते धान उत्पादनमा वृद्धि
मोरङ । मोरङमा चैते धान उत्पादनमा वृद्धि भएको छ । गत वर्षभन्दा यस वर्ष पाँच हजार पाँच सय ६० मेट्रिक टन बढी धान उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
जिल्लामा गत वर्ष एक लाख २३ हजार दुई सय मेट्रिक टन धान उत्पादन भएकामा यस वर्ष वृद्धि भई एक लाख २८ हजार सात सय ६० मेट्रिक टन उत्पादन भएको हो । चैते धानको मूल्यमा गत वर्षदेखि वृद्धि भएपछि यसप्रति किसानको आकर्षण बढेको केन्द्रका प्रमुख रामदेव सिंहले बताए ।
विगत दुई वर्ष अघिसम्म चैते धान प्रतिमन करिब ६ सय मूल्य पाएका किसानले गत वर्ष नौ सयभन्दा धेरै पाएको र यो साल एक हजार दुई सयसम्म मूल्य पाइरहेको बेलबारी–७ का धान काँटा व्यवसायी लक्ष्मण चौधरीले जानकारी दिए । अन्नको भण्डार मानिने मोरङमा गत वर्ष २२ हजार हेक्टरमा रोपाइँ भएकामा यस वर्ष २२ हजार दुई सय हेक्टर जमिनमा चैते धान रोपिएको ज्ञान केन्द्रको तथ्याङ्क छ ।
गत वर्षभन्दा यस वर्ष दुई सय हेक्टर बढीमा चैते धान रोपिएको हो । प्रमुख सिंहकानुसार १७ पालिकामध्ये सुन्दरहरैचा, बेलबारी, पथरीसनिश्चरे, उर्लाबारी, कानेपोखरी, रतुवामाई, सुनवर्षी, रङ्गेली र जहदाका किसानले विशेषगरी चैते धानको खेती गर्ने गरेका छन् । गत वर्ष मोरङमा प्रतिहेक्टर पाँच दशमलव ६ मेट्रिक टन धान उत्पादन भएकामा यस वर्ष उत्पादनमा वृद्धि भई प्रतिहेक्टर पाँच दशमलव आठ मेट्रिक टन धान उत्पादन भएको समेत कृषि ज्ञान केन्द्र मोरङले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
-
राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ को ओपनिङ कस्तो ?
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण