टर्कीमा १ अर्ब डलर खर्चेर कारखाना खोल्दै छ बीवाईडी
बेइजिङ । चिनियाँ विद्युतीय सवारी साधन निर्माता कम्पनी बीवाईडीले टर्कीमा १ अर्ब डलर खर्चेर नयाँ कारखाना खोल्दै छ । कम्पनीले चीनबाहिर आफ्नो उत्पादन र व्यापार व्यवसाय तीव्र रूपमा बढिरहँदा सो कारखाना खोल्न लागिएको हो ।
नयाँ कारखाना सन् २०२६ को अन्त्यतिर सञ्चालनमा आउने अनुमान गरिएको छ । कारखानाले ५ हजार रोजगारी सृजना गर्ने र बर्सेनि त्यहाँ १ लाख ५० हजार थान कार बन्ने टर्कीको सरकारी समाचार संस्था अनादोलुले बताएको छ ।
इस्तानबुलमा आयोजित एक कार्यक्रममा टर्कीका राष्ट्रपति रेसेप तै्ययप एर्दोगन र बीवाईडीका प्रमुख कार्यकारी वाङ छुआनफुले यससम्बन्धी सम्झौता–पत्रमा हस्ताक्षर गरेका थिए । यूरोपेली संघ र अमेरिकाले चिनियाँ विद्युतीय सवारी साधनमाथि अतिरिक्त महसुल लगाइरहँदा भएको यो सम्झौताले कम्पनीलाई केही राहत दिने आशा गरिएको छ ।
गएको हप्ता ईयूले चीनबाट आयातित विद्युतीय कारमा अतिरिक्त महसुल बढाएको थियो । टर्की आफैले पनि चिनियाँ विद्युतीय सवारी साधनमा ४० प्रतिशत अतिरिक्त महसुल लगाएको छ । टर्की ईयूको भन्सार सङ्घको हिस्साको रूपमा रहेको छ । बीवाईडीले टर्कीमा बनाएको कारमा ईयूको बजारमा अतिरिक्त महसुल लाग्ने छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण