‘हाम्रै पालामा विश्वविद्यालय सुधार गर्नुपर्ने’ भन्दै अखिल क्रान्तिकारीले राख्यो १८ बुँदे माग
काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले त्रिभुवन विश्वविद्यालय सुधारका लागि विभिन्न मागहरू अघि सारेको छ । अखिल क्रान्तिकारी) त्रिभुवन विश्वविद्यालय जिल्ला समितिले विश्वविद्यालयसँग विभिन्न १८ बुँदे मागहरू अघि सारेको हो ।
उपकुलपति प्रा.डा. केशरजंग बराल, शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसी, रजिष्ट्रार प्रा.डा. केदार प्रसाद रिजाललाई ‘हाम्रै पालामा विश्वविद्यालय रूपान्तरण गर्न चाहन्छौँ’ भन्दै विभिन्न मागहरू राखेको हो ।
विश्वविद्यालयमा हुने राजनीतिक भागबन्डाको पूर्ण रूपमा अन्त्य गरी आफू अनुकूलका व्यक्तिलाई नियुक्ति गर्ने प्रक्रिया बन्द गर्नुपर्ने लगायतका माग राखिएको अखिल (क्रान्तिकारी) त्रिवि जिल्ला कार्य समितिका अध्यक्ष प्रदीप राज कपाडी (भट्ट) ले बताए ।
विश्वविद्यालयका नाममा रहेको जग्गा विभिन्न संघ संस्थाको नाममा अनधिकृत रूपमा वितरण गरिएका जग्गाहरू खोजतलास गरी तत्काल विश्वविद्यालयको नाममा ल्याउन तथा अनधिकृत रूपमा निर्माण गरिएका भौतिक संरचना हटाउनु पर्ने माग समेत राखिएको उनको भनाइ छ ।
त्रिभुवन विश्वविद्यालयको शैक्षिक क्यालेन्डर अनिवार्य रूपमा लागू गर्नुपर्ने, सेमेस्टर प्रणालीका नाममा विभिन्न शीर्षकमा लिने शुल्कलाई समयानुकुल बनाउन तत्काल शुल्क निर्धारण समिति गठन गरी शुल्क घटाउनुपर्ने समेत माग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
-
सेयर बजारमा झण्डै १४ अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार
-
आधुनिक प्रविधिको प्रयोगबाट कृषि क्रान्ति गर्दै किसान
-
नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा खतिवडा
-
दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण